१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनको निर्मम समिक्षा गर्छौं: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा भएको हारको समिक्षा निर्मम रुपमा गरिने बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले उप निर्वाचनको निर्मम समिक्षा गरेर पार्टीलाई कसरी अघि बढाउने निर्णय गरिने बताएका हुन्।

कोइरालाले हारको दोष कोहि एक जना नेतालाई मात्रै लगाउन नहुने स्पष्ट पारे। ‘हारको दोष सबैले लिनुपर्छ’ कोइरालाले भने,‘निर्वाचनको निर्मम समिक्षा गरेर पार्टीलाई कसरी अघि बढाउने निर्णय गर्छौं।’ बैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उप निर्वाचनमा चितवन र तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका थिए। कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए।

उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे। डा कोइरालाले मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताउँदै  गत वर्षको भन्दा ३ खर्व रुपैयाँ कमको बजेट आउने संभावना रहेको जानकारी दिए। उनले  गत वर्षको तुलनामा राजस्व र अन्य आम्दानीका स्रोतहरू खुम्चिएका छन्। पार्टी संसदीय दलमा अर्थमन्त्रीले गरेको बिफिङ अनुसार आगामि बजेट गत वर्षको भन्दा ३ खर्ब भन्दा बढीले घट्ने अवस्था देखिएको छ। आर्थिक मन्दीका कारण व्यापार, उद्योग, सेवा, कृषि सबैजस्तो क्षेत्रहरू प्रभावित भएको डा कोइरालाले बताए।  

प्रकाशित: १२ वैशाख २०८० १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App