५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्। संसद्बाट सैद्धान्तिक छलफल भई संशोधन समेत दर्ता भएका विधेयकलाई समितिमा नपठाईकनै संसद्को अधिवेशन सकिन लागेको छ।

संसद्को विधेयक अधिवेशनसमेत भनिने यो हिउँदे अधिवेशन वैशाख १३ गतेसम्म चल्ने सम्भावना रहेको सरकारी स्रोतले जनााएको छ।

प्रतिनिधिसभाको बैठक १२ गते र राष्ट्रियसभाको बैठक त्यसको भोलिपल्ट बोलाइएको छ। १३ गते सम्भवतः संसद् अधिवेशन सकेर चैत २६ गतेबाट सुरु हुनेगरी अर्को अधिवेशन बोलाउन लागिएको स्रोतले बतायो। आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन भएकाले अब बर्खे अधिवेशन बोलाउन लागिएको छ।

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्।

समितिबाट सैद्धान्तिक छलफल सकेर संशोधनको समयसमेत सकिएका विधेयकलाई संसदीय समितिमा पठाउनुपर्ने अवस्था छ। तर समिति गठन नभएकाले अधिवेशन अन्त्य हुँदासम्म ती विधेयक त्यही अवस्थामा रहने भएका छन्।

संसद्मा यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७८, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लगायत विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने विधेयकका रूपमा रहेका छन्। 

प्रकाशित: ११ वैशाख २०८० ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App