२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु

जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजना पत्रकारको मृत्यु भएको छ। जनकपुरधामको थापा चोकमा बा २१ च ३३४३ नम्बरको कारले मधेश प्रदेश २ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिताको घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान करिब  ३ बजेतिर उक्त घटना भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएको छ। मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका-८ का स्थानीय बासिन्दा हुन्।

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन्। उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ।

कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८१ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App