२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, राजीनामा बुझाउने तयारीमा मन्त्रीहरु

मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमाले सरकारबाट हट्ने तयारी गरेको छ। पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन गरी सहभागी भएको थियो।

मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको एमालेको केन्द्रीय सदस्य संजीव झाले जानकारी दिए। 

उनकाअनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेबाट मन्त्री बनेकाहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने निर्णय भइसकेको छ। अब केही बेरमा राजीनामा बुझाउँदै छन्।

मधेस प्रदेशमा एमालेले सभामुखसहित चार मन्त्रालय पाएको थियो। एमालेका मन्त्रीहरूले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय,महिला बालबालिका तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

केन्द्रमा भएको सत्ता परिवर्तनको प्रभाव मधेस प्रदेशमा पनि परेको हो। यसअघि केन्द्रमा सत्ता समीकरण फेरिए पनि मदेसमा त्यसको प्रभाव नपर्ने एमालेका सांसदहरूले बताउँदै आएको थिए। 

एमाले सरकारबाट हटेपछि केन्द्रमा सत्ता साझेदार रहेका दल नेपाली कांग्रेस र एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ।

प्रकाशित: २१ चैत्र २०७९ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App