६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको निष्कर्ष: गतिरोध कांग्रेसकै पहलमा अन्त्य गर्नु पर्छ

काठमाडौं- नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको प्रमथ राष्ट्रिय भेलाले कांग्रेसको नेतृत्वमा तराई मधेस लगायत देशका विभिन्न भागमा देखिएको गतिरोध समाधान गर्नु पर्ने निष्कर्ष निकालेको छ।

भेलाले २०७४ माघ ७ गते भित्र ३ तहको निर्वाचन सम्पन्न गर्नु पर्ने संवैधानिक प्रावधान अनुरुप नेपाली कांग्रेसले देशमा देखिएको समस्याको समाधानको लागि पहल गर्नु पर्ने निर्णय गरेको हो।

यस्तै भेलाले जिल्ला अधिवेशनबाट निर्वाचित सचिव र कोषाध्यक्षलाई पदेन महाधिवेशन सदस्यको व्यवस्था गर्न माग गरेको छ। पार्टीमा विभिन्न गुट र उपगुट मौलाउनु दु:खद विषय भएको बताउँदै यस्तो प्रवृत्तिलाई दुरुत्साहित गर्न केन्द्रबाटै पहल गर्न भनिएको छ।

भेलाको समापन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले एमालेले ससंदीय व्यवस्था विपरीत संसद अवरोध गरेको आरोप लगाए। उनले मधेसको समस्या समाधान गरेर निर्वाचनमा जानु उत्तम भएको बताए।  उनले संविधान कार्यान्वयन गर्दै निर्वाचनमा जानुको विकल्प नभएको बताए।

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पुष ८ र ९ गते सम्म काठमाडौंमा प्रथम राष्ट्रिय सम्मेलन चलेको थियो।

 

प्रकाशित: ९ पुस २०७३ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App