८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

अध्यक्ष नेपाल किन भएनन् राष्ट्रपतिको उम्मेदवार?: नेता भुषालद्वयले पनि घुमाए उनलाई

नेकपा एकिकृत समाजवादी (नेकपा एस)का महासचिव वेदुराम भुसाल र नवप्रवेशी घनश्याम भुसाल पार्टी अध्यक्ष माधवकुमार नेपाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार बन्न नहुने अडान राखेका थिए। एमालेकै महासचिक शंकर पोखरेल पनि नेपालप्रति बढि अनुदार हुँदा समस्या आएको बताइएको छ।

स्रोतका अनुसार अध्यक्ष ओलीको प्रस्तावमा नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न नचाहनुका विभिन्न कारणमध्ये एउटा यो पनि हो। ‘नेपालले आफ्नै पार्टीका केही नेतालाई मनाउन पनि सकेनन्। महासचिव वेदुराम भुसाललाई राष्ट्रियसभा अध्यक्ष बनाइदिने आश्वासन कतैबाट पाएपछि भुसाल एमालेसँग सहकार्य गर्न नहुने पक्षमा उभिए’, स्रोतले भन्यो।  

यसैगरी नेकपा एसका नवप्रवेशी नेता घनश्याम भुसालले पनि ओलीसँग सहकार्य गर्न कठिन भएको र विगतमा १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै नेपालको मानसपटलमा पुराना विषय ल्याएर रिलजस्तै घुमाएको स्रोतले बतायो। ‘त्यसपछि त नेपालले ओलीको प्रतिबद्धतालाई झनै विश्वास गर्न सकेनन्। त्यसपछि उनले ओलीलाई आपत् परेपछि मात्रै सम्झेको रूपमा लिइदिए’, स्रोतले भन्यो। घनश्याम अघिल्लो संघिय निर्वाचनमा नेकपा एमालेबाट निकट नपाएपछि बाहिरिएर स्वतन्त्रबाट निर्वाचन लडेर पराजित भएका नेता हुन।  

तर शनिबार बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउन खोजेको र त्यसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल बाधक रहेको ब्रिफिङ गरेका थिए। ओलीले माओवादी केन्द्रका अध्यक्षले देशीविदेशी शक्तिहरूसँग झुकेर कांग्रेसको पोल्टामा राष्ट्रपति पारेको बताएका थिए। ‘अहिलेलाई ठिकै छ राष्ट्रपतिमा समर्थन जुटाउन अब सबै दललाई पत्राचार गरौ, माधव नेपाललाई पनि पत्र पठाऔं,’ एमालेको सचिवालय बैठकमा ओलीको भनाइलाई उद्धत गर्दै स्रोतले भन्यो।

एमालेका महासचिव शंकर पोखरेललगयात नेताहरूले नेपालले पार्टी विभाजन गरेर पार्टीलाई तहसनहस बनाएको पुस १० पछि पनि अभिव्यक्ति दिएका थिए। त्यस किसिमको अभिव्यक्तिबाट झस्किएका नेपालले राष्टपतिमा एमालेकै नेताहरूले असहयोग गर्छन् कि भन्ने आशंका गरेका थिए। त्यही आशंकाकै कारण उनले राष्ट्रपति बन्ने मौका चुकाएका हुन्।

ओलीले माधव नेपालकै नाममा माओवादी केन्द्रबाहेकलाई पनि जिताउन सकिने आधार प्रस्तुत गर्दा नेपालले पछिल्लो पटक कांग्रेससँग मिलेर चुनाव लड्ने अहिलेचाहिँ एमालेतिर लाग्दा माओवादी केन्द्रका अध्यक्ष दाहालभन्दा फरक हुन नसकिने भन्दै कांग्रेस उम्मेदवारलाई नै समर्थन गर्न पुगेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७९ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App