१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ शक्तिले भन्यो: लोकमान गलत व्याक्ति हुन्

 

काठमाडौं- नयाँ शक्ति नेपाल पार्टीले निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की गलत व्याक्ति भएको बताएको छ। नयाँ शक्तिले आज एक विज्ञप्ति जारी गर्दै संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ भनेको छ।

संवैधानिक अंगमा वहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम भएको उसको धारणा छ। नयाँ शक्तिले आयोगको प्रमुख नियुक्तिमै त्रुटी रहेको समेत बताएको छ।

नयाँ शक्तिले संसदबाट सिधै नियुक्त हुने जनलोकपालको आवश्यकता भएको बताएको छ। जनलोकपाल भए कुनै दल वा आफूलाई त्यो पदमा पुर्‍याउने राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसदप्रति उत्तरदायी हुने उसको धारणा छ।

संबेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा हैन कि राम्रा र जनउत्तरदायी मानिसहरु नियुक्ति गर्न समेत नयाँ शक्तिले आग्रह गरेको छ। यस्ता प्रकरणका आडमा कुनै पनि दल वा व्यक्तिले आफ्ना भ्रष्टाचारजन्य कार्य र नियत ढाकछोप गर्न नपाउन भन्ने तर्फ पनि सतर्क रहन नयाँ शक्तिले आग्रह गरेको छ।  

 

प्रकाशित: ५ कार्तिक २०७३ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App