६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वायित्व र व्यवस्थाको रक्षाका लागि काँग्रेसबाट राष्ट्रपति: केन्द्रीय सदस्य महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिक स्थायित्व र व्यवस्थाको रक्षाका लागि काँग्रेसबाटै राष्ट्रपति चुनिनुपर्ने बताएका छन्। काँग्रेस कास्कीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

काँग्रेस प्रतिपक्षमा रहँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थायित्वकै लागि मतदान गरेको बताउँदै नेता महरले अब  राष्ट्रपति काँग्रेसले पाउनुपर्ने बताए।  काँग्रेस सधैँ मुलुकको हितमा काम गर्छ। यस पटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौँ। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो,’ उनले भने, ‘यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ। यस पटक राष्ट्रपति सहमतिको आधारमै काँग्रेसले पाउनुपर्छ।’ काँग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसदको सबभन्दा ठुलो दल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न समेत उनले पार्टी नेतृत्वलाई आग्रह  गरे।

नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखि नसक्ने चुनौतीको समेत आँकलन गर्नुपर्ने नेता महरले बताए। उनले भने, ‘कार्यकारी अधिकार रहेका सबै पद काँग्रेससँग छैनन्। यस्तो अवस्थामा काँग्रेसले मुलुकको हित खोजिरहेको छ। यो उदारताको गठबन्धनमा रहेका दलहरुले सम्मान गर्नुपर्छ।’  स्ववियु निर्वाचन नजिकिँदै गर्दा यो स्ववियु  ‘मिनी संसद’ भएकोले यसको निर्वाचन पनि नेविसंघ र काँग्रेसको प्रतिष्ठाको विषय रहेको उनले बताए।

प्रकाशित: १२ फाल्गुन २०७९ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App