६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जनकपुरमा जनआवाज आन्दोलन: दलित सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

चुरे तथा वन जंगल संरक्षण अभियानले आज जनकपुरधाममा हजारौं दलित सुकुम्बासी उतारेर प्रदर्शन गरेको छ।

भूमिहिनलाई जग्गा उपलब्ध गराउ, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर,  चुरे वन जंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झुठा मुद्दा फिर्ता गर लगायतका ५ बुंदे माग राखेर दलित सुकुम्बासीहरु र चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुले प्रदर्शन गरेका हुन्। अभियानले यो आन्दोलनलाई 'जनआवाज आन्दोलन' नाम दिएको छ।

मधेशका सबै जिल्लाबाट आएका दलित सुकुम्बासीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका छन्।

पटक पटक आन्दोलन र आमरन अनशन बसेपछि प्रदेश सरकारले ७ बुंदे सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि बाध्य भएर पुन: आन्दोलन गर्नुपरेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए।

उनका अनुसार प्रदर्शनमा सहभागीहरु आजदेखि अनिश्चितकालीन धर्ना समेत बस्नेछन्। माग पुरा नभएसम्म धर्ना जारी रहने उनीहरूले बताएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७९ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App