१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महराले चिनियाँ प्रधानमन्त्री ली खछ्‌याङ भेट्ने

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चिनियाँ विदेशमन्त्री वाङ वीसँग भेट गर्दै।

काठमाडौं— चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्‌याङसँग भेटवार्ता गर्ने भएका छन्। बुधबार बिहानका चिनियाँ प्रधानमन्त्रीसँग भेटघाटका लागि समय निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

'चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई उच्च प्राथमिकता दिएको छ', परराष्ट्र स्रोतले भन्यो, 'उपप्रधान तथा अर्थमन्त्री महरा तथा चिनियाँ प्रधानमन्त्री ली ख छ्‌याङसँगको भेट भोलि बिहान १० बजेका लागि निश्चित भएको छ।'

'चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई उच्च प्राथमिकता दिएको छ', परराष्ट्र स्रोतले भन्यो, 'उपप्रधान तथा अर्थमन्त्री महरा तथा चिनियाँ प्रधानमन्त्री ली खछ्‌याङसँगको भेट भोलि बिहान १० बजेका लागि निश्चित भएको छ।'

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका बनेर ६ दिने चीन भ्रमणमा रहेका महराले मंगलबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। परराष्ट्रमन्त्रालयमा भएको भेटमा महरा र वाङबीचमा चीन नेपाल सम्बन्धमा कुराकानी भएको बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिङपिङलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा महराले परराष्ट्रमन्त्री वाङलाई हस्तान्तरणा गरेका छन्।

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपालमा भएको सरकार परिवर्तनको विषय आन्तरिक मामिला भएको उल्लेख गरेका थिए। उनले चीन सधैँ क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको भन्दै सो अडानमा नेपालको समर्थनका लागि प्रशन्नता प्रकट गरेका थिए।

प्रकाशित: ३२ श्रावण २०७३ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App