१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमले आज पनि सभामुख चयन गर्न सकेन

सुदूरपश्चिम प्रदेशसभा आज पनि सभामुख चयन गर्नं असफल रह्यो।आज साँझ सम्पन्न निर्वाचनमा सभामुखका दुवै उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत पाउन नसकेका कारण सभामुख चयन हुन असफल भएको हो।  

नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि  दुवै उम्मेदवारले आवश्यक मत नपाएका  हुन। ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनु पर्नेमा  सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सांसद भीम भण्डारीले २२ मत मात्र पाए।  त्यसैगरी नेपाली काग्रेसका  मानबहादुर रावलले  पनि २२ मत पाए ।यसअघि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए  

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नगारिक उन्मुक्ती र राप्रपा रहेको सत्ता गठबन्धन मुख्यमन्त्री नियुक्त भएको चार दिनमै संकटमा परेको छ । सत्तागठबन्धनमा उत्पन्न समस्याका कारण सुदूरपश्चिम प्रदेश शभाको सभामुख चयन गर्न सकस भएको छ ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेश सभामा एक्लै कुनै पनि दलको पनि बहुमत छैन । केन्द्रमा बनेको समिकरण बमोजिम नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ती पार्टी र राप्रपा दलको समर्थनमा २९ सदस्य सहितको बहुमत पुराएर गत बुधवार पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहिवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । 

मुख्यमन्त्रीले सपथ खाएकै दिन सत्तागठबन्धन दलबिच समस्या हुदाँ सभामुख चयन हुन जटिल बनेको छ ।  बिहिवार भएको सभामुखको निर्वाचनको लागी सत्तागठबन्धन तर्फका उम्मेदार र प्रतिपक्ष दलका उम्मेदवार कसैको पनि बहुमत पुग्न सकेन् । शुक्रवार राजनीतिक दल बिच सभामुख निर्वाचनको कानुनी प्रक्रियाको बिषयमा सहमती नजुट्दा सभामुख निर्वाचनका लागी प्रदेश सभाको बैठक वस्न सकेन् । सभामुख निर्वाचनका लागी प्रदेश सभाको तेश्रो बैठक शनिवार साँझ ६ बजे वसेको थियो । सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ती पार्टीले सत्ता गठबन्धन दलले सहमती पुरा नगरेको भन्दै तटस्थ वस्दा कुनै पनि उम्मेदवारको बहुमत नपुगेर सभामुख चयन हुन सकेन् । 

मतदान अघि प्रदेश सभा बैठकमा वोल्दै नागरिक उन्मुक्ती पार्टीका लक्ष्मण किशोर चौधरीले बिहिवार मुख्यमन्त्रीमा मात्र आफ्नो दलले सहमती जनाएकोमा आफ्नो दललाई जानकारी नगराई दुई जना मन्त्रीलाई नियुक्त गरेर सपथ खुवाएकोमा असन्तुष्टी जनाउदै आफूले सभामुखको मतदानमा अनुपस्थित भएको बताए । बिहिवार भएको सभामुखको मतदानमा नागरिक उन्मुक्ती पार्टीका ७ जना प्रदेश सभा सदस्य मध्य अरुले मतदान गरे पनि उनी अनुपस्थित भएका थिए । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुस मसान्त भित्रै जेलमा रहेका रेशम चौधरी लगायतलाई रिहा गरेर थारु समुदायको महत्वपुर्ण पर्व माघीको उपहार दिने आश्वासन दिएकोमा त्यो व्यवहारमा कार्यान्वयन नभएकोले सभामुखको निर्वाचनमा तटस्थ वस्ने घोषणा गरेका थिए । 

उनले थारुसमुदायको महत्वपुर्ण पर्व माघीमा माघ १ गते प्रदेश सभा बैठक चलाउने भनेर तयारी भैरहेको भन्दै त्यसको पनि बिरोध गरे । प्रदेश सभा बैठकमा सवै दलबाट वोलेपछि सभामुखको निर्वाचन प्रक्रिया शुरु भएको थियो । सभाध्यक्षले सुरुमा सभामुखमा मनोनयन दर्ता गराएका नेपाली काग्रेसका मान बहादुर रावलको पक्ष र बिपक्षमा मतदान गर्न भनेका थिए । ४४ मत परेकोमा रावलको पक्ष र विपक्षमा समान २२ /२२ मत परेका थिए ।

त्यसपछि सत्तामा गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका भिम बहादुर भण्डारीको पक्ष बिपक्षमा मतदान गर्न लगाइएको थियो । भण्डारीको पनि पक्षमा २२ र विपक्षमा २२ मत खसेको थियो । सत्ता गठबन्धन दलमा रहेको नागरिक उन्मुक्ती पार्टीका ७ प्रदेश शभा सदस्यले मतदान नगर्दा उनको बहुमत पुग्न सकेन् ।५३ सदस्यिय प्रदेश सभामा बहुमत पुग्न २७ मत आवश्यक पर्ने भएकोले कसैको पनि बहुमत नपुगेकाले सभामुख चयन हुन सकेन ।

प्रकाशित: ३० पुस २०७९ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App