८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओलीवादले मुलुकको कम्युनिष्ट आन्दोलननै अप्ठ्यारोमा पर्‍यो: भुसाल

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन्।

एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच सो पार्टी प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताए।

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहो¥याए। आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनका भनाइ थियो।

नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टिकरण समेत दिए। 

प्रकाशित: २९ पुस २०७९ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App