८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार एक कार्यक्रमकाबीच भुसाल समाजवादीमा प्रवेश गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए।

यसअघि भुसालले समाजवादीलाई नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन,रूपान्तरण र एकीकरणका लागि प्रस्ताव पठाएका थिए।

सोहि प्रस्तावको जवाफ पठाउदै बिहीबार समाजवादीले नेता भुसाललाई छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरेको थियो। 

पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोण भुसालको प्रस्तावसंग मिलेको भन्दै मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरेको थियो।

नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए। रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए।  

प्रकाशित: २९ पुस २०७९ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App