६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पृथ्वीनारायण थिए र आज दाहाल प्रधानमन्त्री छन्: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीनारायण शाह राष्ट्र निर्माता रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाह राष्ट्र निर्माण गरेकै कारण पुष्पकमल दाहाल आज प्रधानमन्त्री भएको बताएका हुन्।

उनले भने,'पृथ्वीनारायण थिए र आज नेपाल राष्ट्र छ। आज नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रधानमन्त्री बने।'

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिएकोमा उनले मा सरकारलाई धन्यवाद दिएका छन्। पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर देशको नै भएको उनले बताए।  

प्रकाशित: २६ पुस २०७९ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App