१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अविश्वासको प्रस्तामाथिको छलफल सुरु

व्यवस्थापिका संसदमा भाग लिँदै सांसदहरू। तस्बिर: बिजय गजमेर

काठमाडौं–व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु भएको छ। अविश्वासको पक्ष र विपक्षमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन्। असार ३१ गते कांग्रेस–माओवादीले संयुक्त रुपमा दर्ता गराएको विश्वासको प्रस्ताव शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव पेश  गरेका थिए।

दाहालले अविश्वासको प्रस्ताव पेश गर्दै प्रधानमनन्त्री केपी ओली विरुद्ध गम्भीर आरोप लगाएका थिए। दाहालले प्रधानमन्त्रीले छिमेकी मुलुकसँग सन्तुलित व्यवाहार गर्न नसकेको, सघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका मुद्दाका पक्षमा नरहेको आरोप लगाएका थिए।
शुक्रबारदेखि सुरु भएको अविश्वासको प्रस्तावमाथि छलफल आइतबारसम्म चल्नेछ। अहिले संसदमा नेताहरुले संधिवानको धारा २९८लाई आफू अनुकुल व्याख्या गरिरहेका छन्।

 

प्रकाशित: ८ श्रावण २०७३ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App