१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परिवार दलको महाधिवेशन आज

काठमाडौं- नेपाल परिवार दलले दोस्रो राष्ट्रिय महाधिवेशन मंगलबार सुरु हुँदैछ। प्रज्ञाभवन कमलादीमा उद्घाटन हुने महाधिवेशन दुई दिनसम्म चल्नेछ। महाधिवेशनलाई भव्य र सभ्य बनाउन १७ वटा समिति गठन गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनका लागि 'असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्र हाम्रो मूल मन्त्र' भन्ने नारा तय गरिएको छ। अग्रगामी लोकतन्त्रलाई आफ्नो दर्शन मान्ने परिवार दलले मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्ति स्थापित भएको दाबीसमेत गरेको छ। महाधिवेशनमा जिल्ला, क्षेत्र र प्रादेशिक अधिवेशनबाट चयन भएर आएका १ हजार २ सय प्रतिनिधिले भाग लिनेछन्।

महाधिवेशनमा एसियाका १५ मुलुकबाट विभिन्न राजनीतिक दलका प्रतिनिधि शुभकामना दिन आउने परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए। महाधिवेशनमा करिब ३० लाख खर्च हुने अनुमान गरिएको उनले जनाए। मुलुकका २ सय ४० निर्वाचन क्षेत्र र ७५ वटै जिल्लामा संगठन भएको नेपाल परिवार दलको हाल एक लाख सदस्य र ३२ हजार क्रियाशील सदस्य रहेको दाबी गरिएको छ।

प्रकाशित: २१ असार २०७३ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App