६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवालाई बधाई दिंदै गगनले भने: सरकारमा जान्नँ, दलकै नेता भएर बस्ने प्रयास गर्छु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।

निर्वाचनको मतपरिणाम पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले संसदीय दलको नेताको चुनावमा आफूले पाएको मत अपेक्षाकृत नभएको पनि बताएका छन्।

उनले आफू अब सरकारमा नजाने र दलकै नेता भएर बस्ने प्रयास गर्ने पनि बताएका छन्। 'म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु' उनले भने।

संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले ६४ मत ल्याउदा थापाले २५ मत ल्याएका थिए।  

प्रकाशित: ६ पुस २०७९ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App