८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको जलपान समारोहमा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छिन्।

कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।

पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, पूर्व उपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद्, सवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र  विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्र तथा तह र तप्काका लब्धप्रतिष्ठित महानुभाव पनि समारोहमा उपस्थित थिए।

समारोहस्थलमा अतिथिहरुलाई प्रमुख निर्वाचन आयु्क्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गरेका थिए। स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको मूल नारासहित आयोगले ती दुवै तहको निर्वाचन सम्पन्न गरी गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो।

उक्त  निर्वाचनबाट करिब ३३ प्रतिशत महिलासहित प्रतिनिधिसभातर्फ दुई सय ७५ तथा प्रदेशसभा सदस्यतर्फ पाँच सय ५० नयाँ जनप्रतिनिधिको चयन भएको छ। आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ। 

प्रकाशित: ४ पुस २०७९ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App