७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमती आवश्यक: मन्त्री चौधरी

फाइल तस्बिर

सहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमती आवश्यक रहेको बताएका छन्।

मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमती आवश्यक्ता रहेको प्रष्टयाए।

२८ औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु संचालन गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराए।

महानगरपालिकालाई बसोबासयोग्य, प्रदुषणरहित वातावरणमैंत्री बनाई महानगरबासीहरुको आधारभूत आवश्यक्त परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। 

प्रकाशित: २९ मंसिर २०७९ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App