१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुरमा अगाडि बढ्यो नेमकिपा

भक्तपुरको क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीले अग्रता थालेको छ। मतगणणा सुरु भएदेखि पछि पर्दै आएका पार्टीका प्रेम सुवालले अग्रता लिन थालेका हुन्।  

बुधबार बिहानसम्म सुवालले १५ हजार ६ सय ५२ मत पाएका छन्। उनलाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। गेलालले १० हजार एक सय ७१ मत पाएका छन्। तेश्रोमा राप्रपाका भरतबहादुर खडकाले आठ हजार ८६ मत पाएका छन्।

यो क्षेत्रमा भक्तपुर १ क चाँंगुनारायण क्षेत्रको मतगणणा सकेको छ। अब भक्तपुर १ ख भक्तपुर नगरको मतगणणा सुरु भएको हो। यस अनुसार सुवाल रफतारले अगाडि वढने निश्चित प्रायः छ।

उता भक्तपुर १ क चाँंगुनारायणबाट नेपाली कांग्रेसले खाता खोलेको छ। उक्त प्रदेश सभाको सदस्यमा कांग्रेसका सुरेश श्रेष्ठले जित निकालेका छन्। श्रेष्ठ नौ हजार चार सय २१ मतका साथ विजयी भएका हु्न्।

उनका निकटम प्रतिद्धन्द्धी एमालेका मोहनवीर श्रेष्ठ पराजित भएका छन्। श्रेष्ठले आठ हजार दुई सय १२ मत पाएका छन्। तेश्रो स्थान नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सुरक्षित गरेको छ। नेमकिपाका मिनबहादुर बाटाले आठ हजार १० मत पाएका छन्। चौथौमा राष्टिय प्रजातन्त्र पार्टीका पाँंच हजार नौ सय ३० मत पाएका छन्। यो क्षेत्रमा स्वतन्त्र उम्मेदबार जेव्राले एक हजार एक सय २८ मत पाएका छन्। यो प्रदेशमा यसअघि पनि कांग्रेसका कृष्णलाल भडेल निर्वाचित भएको थियो। साथै चाँंगुनारायण नगरपालिकाको मेयरमा पनि कांग्रेसकै जीवन खत्री निर्वार्चित भएका थिए। उपमेयरमा भने एमालेबाट निर्वाचित भएको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App