७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन्।

उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गरे। उनले मतदाताहरुमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए। निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने उनले बताए।

उनले भने, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुन्छ मतदाताहरुमा पनि उत्साह छ। यो निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजानेछ।’ उपाध्यक्ष पौडेलले यो निर्वाचनमा नेकपा एमाले विजय हुने बताउनु भयो।

प्रकाशित: ४ मंसिर २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App