६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

पोखरामा विवेक ओबरायको साहसिक अनूभव (तस्बिर सहित)

बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।  

पोखरामा उनी हाईग्राउण्ड एडभेन्चरले संचालन गरेको जिपलाईन, स्वीङ, एटिभी जस्ता साहसिक पर्यटकीय प्रडक्टमा रमाएका छन्। त्यस्तै बेलुनमार्फत उडेर आकाशबाट पोखरालाई नियालेका छन्। आइतबार हेलिकप्टरबाट मुक्तिनाथ दर्शन गर्न जाने तालिका रहेको छ। उनी सपरिवार घुमघाममा व्यस्त छन।  पोखरामा घुम्न पाउँदा खुसी लागेको उनले बताएका छन्। आफ्नो नेपाल भ्रमण पर्यटन प्रवद्र्धनका लागि सहयोगी बन्ने उनले बताएका छन्।  

व्यवसायीले पनि भारतीय सेलिब्रेटीको घुमघामले पोखरामा थप भारतीय पाहुना भित्रिने अपेक्षा गरेका छन्। अहिलेसम्म अधिक रुपमा भारतीय पाहुनाहरु धार्मिक प्रकृतिका हुने भएकोमा यस्तै सेलिब्रेटीका कारण आगामि दिनमा थप साहसिक भारतीय पर्यटक भित्रिन सघाउने व्यवसायीको भनाई छ।  

हाईग्राउण्ड एडभेन्चरका निर्देशक दिनेश महर्जनले पोखरामा ओबरायको भ्रमणले आगामि दिनमा थप भारतीय पाहुना भित्रिने अपेक्षा गर्न सकिने बताए। उनले ओबरायको भ्रमणले बलिउड क्षेत्रमा पनि पोखराबारे सन्देश प्रवाह हुँदा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिलाउने उनले सुनाए।

प्रकाशित: २ पुस २०७९ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App