१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

‘दाल भात तरकारी जति मिठो अरु केही लाग्दैन’

विपिन कार्की नेपाली फिल्म क्षेत्रका प्रतिभाशाली अभिनेता हुन्। हरेक फिल्ममा उनी फरक–फरक भूमिकामा देखिन्छन्। ‘पशुपतिप्रसाद’, ‘जात्रा’, ‘हरि’, ‘प्रसाद’, ‘गोपी’ आदि फिल्ममा उनले निर्वाह गरेको भूमिका दर्शकले खुब रुचाएका थिए। विपिनले आफूलाई प्रिय लाग्ने केही कुराहरु नागरिक परिवारलाई कारणसहित यसरी बताए : 

पुस्तक 
म बढी कविताका पुस्तकहरु पढ्छु। लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता मलाई असाध्यै मनपर्छ। पूरै पुस्तकको गर्दा भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मलाई असाध्यै मनपरेको थियो। बुलन्द बुलन्द कविताहरु छन् त्यहाँ। 

लेखक
शंकर लामिछानेको लेखन शैली एकदमै मनपर्छ। त्यो बेलाको समयमा पनि क्याजुअल शैलीमा बलिया बलिया कथाहरु लेख्नुभएको देख्दा अचम्म लाग्छ। 

सिनेमा 
हलिउड फिल्म ‘बर्डम्यान’। यो फिल्मले भन्न खोजेको कुरा, त्यसको मेकिङ स्टाइल, क्यामेरा वर्क सब बबाल छ। म त यो फिल्म हेरेर अचम्मै परेको। 

अभिनेता
हलिउड अभिनेता डेनियल डेभिस खुब मनपर्छ। बलिउडमा नसिरुद्दिन शाह, इमरान खानको अभिनय मनपर्छ। नेपालमा हरिवंश आचार्य पनि एकदमै मनपर्छ। 

अभिनेत्री
मलाई नेपाली रंगकर्मी लुनिभा तुलाधारको एक्टिङ मनपर्छ । उहाँको अभिनय ‘रियालिस्टिक’ लाग्छ। 

नेता 
देखेको त छैन तर सुनेअनुसार भने थाहा आन्दोलनका नेता रुप्सन विष्ट मनपर्छ। उहाँको बारेमा पढ्दा चाहिँ लाग्थ्यो, नेता भनेको उहाँजस्तै हुनुपर्छ। 

पहिरन
स्पोर्टी ड्रेस लगाउन मनपर्छ। ठ्याक्कै यो ब्रान्ड भन्ने छैन। 

गायक/गायिका
दीप श्रेष्ठका गीतहरु सुन्दा बेग्लै आनन्द आउँछ। गायिकामा कुन्ती मोक्तानको स्वर कर्णप्रिय लाग्छ। 

गुन्गुनाइरहने गीत
बच्चु कैलाशको ‘तिम्ले त होइन मेरा भाकाहरुले’ गीत जति गुन्गुनाएर पनि अघाउँदिन। 

रङ
निलो रङ मनपर्छ। निलो रङ देख्दा खोइ किन हो त्यसै पनि रमाइलो लाग्छ। 

सवारी साधन
पहिलेदेखि नै बाइकको शौखिन छु। बाइकमा लङ टुर गरिरहन मनपर्छ। 

खाना
दालभात तरकारी जति मिठो अरु केही लाग्दैन। 

चाडपर्व
दसैँ नै स्पेशल लाग्छ। परिवारसँग भेटघाट गर्न पाइन्छ, त्यसैले पनि होला।  

मनपर्ने ठाउँ
गोसाइँकुन्ड बारम्बार गइरहुँजस्तो लाग्छ। त्यहाँको हिमाली वातावरण नै रमणीय लाग्छ। 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App