१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

फुच्चे मुसाको करामत — २

कान्छी मुसा आफ्नो दुलोबाट ‘मेरो छोरा! मेरो बाबु!’ भन्दै बाहिर निस्किन्।

कान्छी मुसा रोएको स्वर सुनेर वरपरका दुलाबाट पनि अरु मुसाहरू निस्कन थाले। सबै कान्छी मुसासँग सोध्न थाले ‘कान्छी! किन रोएकी?’

कान्छी मुसाले रुँदै जवाफ दिइन् ‘मेरो छोरा विक्की यति रातिसम्म पनि विद्यालयबाट घर फर्केको छैन। सधैं समयमै घर आउँथ्यो । अब म के गरुँ? उसलाई म कहाँ खोज्न जाऊँ? उसको बाबा पनि निम्ता खान अर्को गाउँमा गएका छन्।”

कान्छीको कुरा सुनेर अरु बुढा पाका मुसाहरूले तिनको अगाडी आएर भन्न थाले ‘नानी! तिमी चिन्ता नगर। तिम्रो छोरालाई हामी खोजेर ल्याउँछौं।”

अरु आमा मुसाहरूले पनि भन्न थाले ‘भाउजू ! हामी पनि तपाईंसँगै बस्छौँ।’

भोलिपल्ट फेरि स्विटी बच्ची मुसा हराएको हल्ला भयो। यसरी एक हप्तासम्म दिनदिनै मुसा गाउँबाट साना बच्चाबच्ची मुसाहरू हराउन थाले। यस्तो घटनाले सबै मुसाहरू डरले दुलोबाट बाहिर निस्कन छाडे। विद्यालय जान बन्द भयो। मुसा गाउँ सुनसान भयो।

धेरै बेरपछि विक्की मुसालाई खोज्न गएका मुसाहरू फर्केर आए । सबैका अनुहार निन्याउरा थिए। एकछिन कोही बोलेन। सबै झोक्राएर बसिरहे। पोथी मुसाहरूमध्ये एउटी पाकी मुसाले उनीहरूलाई हेर्दै सोधिन् ‘के भो? विक्कीलाई फेला पार्न सकेनौ?’

सबैले एकैसाथ भने ‘नाइँ, अहँ! सबै ठाउँमा खोज्यौँ तर फेला पार्न सकिएन। भोलि बिहान फेरि खोज्न जान्छौं।’

माइली काकी मुसाले भनिन् ‘बिहान खोज्न जान झन खतरा हुन्छ । गल्लीगल्लीमा डाङ्ग्रे कुकुर र डरलाग्दा बिराला घुमिरहेका हुन्छन् । कतै विक्की उनीहरूको फन्दामा त परेन?’

त्यो सुनेर कान्छी मुसा झन चिच्याउँदै रुन थालिन्।

जेठी मुसाले तिनलाई सुमसुम्याउँदै सम्झाइन् ‘नरोऊ कान्छी ! हामी मुसाहरूको जीवन नै यस्तै रहेछ । कहिल्यै स्वतन्त्र भएर बाँच्न पाइएन । सधैं डर र त्रासमा बाँच्नुपर्ने । खै कहिले आउला हाम्रो राज्यमा पनि सुख र चैन?’

त्यहिबेला नजिकैको खोरबाट भाले कुखुरा बास्ना थाल्यो ‘कुखुरी काँ ! कुखुरी काँ !’

भोलिपल्ट फेरि स्विटी बच्ची मुसा हराएको हल्ला भयो । यसरी एक हप्तासम्म दिनदिनै मुसा गाउँबाट साना बच्चाबच्ची मुसाहरू हराउन थाले । यस्तो घटनाले सबै मुसाहरू डरले दुलोबाट बाहिर निस्कन छाडे । विद्यालय जान बन्द भयो । मुसा गाउँ सुनसान भयो।

बल्लतल्ल नजिकनजिकै रहेका जुठ्यानबाट खानेकुरा ल्याउँथे र भोक मेटाउँथे । एक दिन फुच्चे मुसालाई दुलोभित्र बस्दाबस्दा दिक्क लागिसकेको थियो । टिभिमा कहिले मोटु–पतलु, कहिले टम एण्ड जेरी कहिले निन्जा हथौडी हेर्दाहेर्दा वाक्क भइसकेको थियो ऊ । उसलाई बाहिर खुल्ला हावामा घुम्न मन लागिसकेको थियो।

उसले आमासँग गएर भन्यो ‘आमा ! म बाहिर घुमेर आउँछु है ?’ आमाले आत्तिएर भनिन् ‘हुन्न, हुन्न ! म तँलाई बाहिर जानै दिन्न । थुपुक्क कोठामा गएर बस् ।’

फुच्चे मुसा दिक्क मानेर दुलोभित्रै बस्यो । उसले मनमनै भन्यो ‘यसरी कति दिनसम्म बस्न सकिन्छ र ? डराएर समस्याको समाधान हुन्छ र ? यस्तो कुरा किन बुझ्दैनन् हाम्रा पाका मुसाहरू ?’ ऊ कोठाभित्र छट्पटिन थाल्यो । कसैले थाहा नपाउने गरी ऊ बिस्तारै दुलोबाट बाहिर आयो र यताउती हे-यो । उसले बाहिर कसैलाई देखेन । ऊ उफ्रीउफ्री खेल्न र नाच्न थाल्यो।

उसले म्याउँम्याउँको स्वर सुन्यो । त्यो स्वर सुन्नेबित्तिकै फुच्चे पुच्छर ठाडो पारेर दुलोभित्र पस्यो।

दुलोभित्र पसेर उसले केही सोच्यो र ऊ फेरि बाहिर आयो । उसले आफू बसेको घरको सेरोफेरो तलमाथी हे-यो । भान्छामा धुवाँ निस्कने एउटा सानो पाइप रहेछ । ऊ त्यही पाइपबाट भित्र छि-यो र जालीको ढोकाबाट बाहिर हेर्न थाल्यो।

बिरालो साँच्चै डरलाग्दो थियो । कालो रङको ठुल्ठूला आँखा भएको मोटो बिरालोलाई देखेर ऊ एकछिन डरायो । उसले सोच्यो ‘यसलाई एकछिन जिस्क्याउनु पर्छ । उसले जालीभित्रबाटै चुँचुँ चिँचिँ गर्दै नाचेर जिस्क्याउन थाल्यो।

मोटे बिरालोले अघि नै मुसाको गन्ध थाहा पाइसकेको थियो । उसले म्याउँम्याउँ गर्दै जालीमा खुट्टाले कोतर्दै भन्यो ‘मसँग नजिस्क है । तँजस्ता कति मुसालाई खाएर बसेको म । अब तेरो पालो है । तँलाई डर लाग्दैन ?’ फुच्चेले पनि पुच्छर हल्लाउँदै भन्यो ‘अहँ, अब म तँलाई यहाँबाट धपाएर छोडछु।’

भोलिपल्ट उसले आमालाई सबै कुरा भन्यो । त्यो सुनेर आमा एकदम डराइन् र भनिन् ‘हेर फुच्चे ! तिमी धेरै बहादुर भएर नहिँड है।’

त्यही बेला उसको बाबा पनि टुप्लुक्क आइपुगे । उनी आमा छोराको कुरा सुन्न बसे।

सबै कुरा सुनिसकेपछि फुच्चे मुसाका बाबा नाइके मुसाको घरमा गए । उनले नाइके मुसालाई भने ‘नाइकेज्यू ! हामी यसरी कति दिनसम्म लुकेर बस्ने हो र ? ताजा हावा नपाएर सबै बिरामी जस्तै भइसकेका छन् । अब बिरालोको घाँटीमा घण्टी झुण्ड्याउनै पर्छ।’

नाइके मुसाले भन्यो ‘लौ, त्यसो भए भोलि भेला राख्नुपर्ला।’

भोलिपल्ट सबै मुसाहरू भेला भए । त्यही काले बिरालोको घाँटीमा घण्टी झुन्ड्याउने कुराबारे छलफल भयो । धेरैले भने ‘बिरालोको घाँटीमा घण्टी झुन्ड्याउने कुरा हाम्रा बाजेबराजुहरूको पालादेखि चल्दै आएको कुरा हो तर आजसम्म कसैले पनि भुन्ड्याउन सकेको छैन । अब कसले सक्ला र ? हामी त सक्दैनौँ बा । बरु यो गाउँ नै छोडेर जान्छौँ।’

फुच्चे मुसाले सबै कुरा सुनिरहेको थियो । ठूलाहरू कुरा गरेको बेला झटपट सानाहरू बोल्नुहुँदैन भनेर आमाले भनेको कुरा सम्झ्यो । ऊ कोठाभित्र र मनमनै के के सोच्न थाल्यो।

सबै आआफ्ना दुलाभित्र गइसकेपछि उ बिस्तारै दुलोबाट निस्क्यो र सरासर एउटा औषधी पसल भित्र छि-यो । पसलमा कोही पनि थिएन । उसले औषधीको नाम हेर्दै एउटा औषधीको पत्ता मुखले च्याप्यो र घरतिर दगु-यो।

घरमा धन्न त्यति बेलासम्म कोही पनि उठेको थिएन । उसले त्यो औषधीलाई लुकाएर राख्यो । उसले अगाडिको योजना सोच्न थाल्यो । उसले मनमनै बिरालोको घाँटीमा जसरी भएपनि घण्टी झुन्ड्याएर छोड्छु भन्ने अठोट ग-यो।

भोलिपल्ट उसले एउटा कटौरामा दूध लिएर आयो । त्यसमा आफूले ल्याएको औषधी घोल्यो । त्यो दूधको कटौरालाई उसले बिरालो आउने बाटोमा राखिदियो र आफू जाली ढोकाभित्रबाट लुकेर हेरिरह्यो।

मुसाको गन्ध पाएर बिरालो जुँगा हल्लाउँदै म्याउँम्याउँ गर्दै आयो । उसलाई भोक पनि लागेको थियो । मुसाको गन्ध थाहा पाएपछि उसलाई झन बढी भोक लाग्न थाल्यो।

उसले मनमनै सोच्यो, ‘यस्तो भोक लागेको बेला त्यो फुच्चे मुसालाई खान पाए क्या मज्जा हुन्थ्यो होला । उसले ‘मुसा मुसा’ भन्दै यताउता हेर्न थाल्यो । अगाडि नै दूधको कटौरी देखेर उसले सोच्यो ‘आहा ! दूध ! वाह ! दूध पिएपछि मुसालाई खानुको मज्जा अर्कै हुन्छ।’

उसले छिटोछिटो दूध पिएर सिध्यायो । एकछिनपछि बिरालो त्यहीँ भुईंमा नै पल्ट्यो । त्यो देखेर फुच्चे मुसा हत्तपत्त बाहिर आयो र बिरालोको कहिले जुँगा तानेर हेर्न थाल्यो । उसले कालो बिरालाकोको पुच्छर पनि तानेर हेर्न थाल्यो । उसलाई बिरालो बेहोस भएको भनेर विश्वास लाग्यो।

उसले सबै मुसाहरूलाई दुलोबाट बाहिर बोलायो र भन्यो ‘लौ अब बिरालोको घाँटीमा घण्टी बाँध ।’ युगौंदेखि कसैले गर्न नसकेको काम फुच्चे मुसाले गरेर देखायो।

प्रकाशित: १२ जेष्ठ २०७५ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App