१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

भान्साघरमा भण्डारण व्यवस्थापन | टिप्स

भान्साघरमा हुने सबै सामानहरुलाई व्यवस्थित ढंगमा मिलाएर राख्न जो कसैलाई पनि गाह्रो हुन्छ। सामानहरु व्यवस्थित रुपमा मिलाएर राखेको भान्साघर हेर्दामा राम्रो हुन्छ र उक्त सामानहरु खोज्दा सजिलै भेटाउन सकिन्छ। भान्साघर व्यवस्थित गर्नका लागि मान्छेहरुले धेरै पैसा खर्च गर्ने गर्दछन् तर कुनै कुनै कुराहरुको लागि भने पैसा होइन, थोरै रचनात्मकता भए पुग्छ। तल भान्साघरलाई राम्रो बनाउने र सामाग्री भण्डारणलाई व्यवस्थित गर्ने केही उपायहरु उल्लेख गरिएको छ :

 

टिनका बट्टाहरुको सही प्रयोग

 

     

अधिकाँश घरहरुमा टिनका बट्टाहरु प्रयोग पश्चात् फोहरमा फालिने गरिन्छ । फ्याक्नुको सट्टा ती टिनका बट्टाहरुलाई भान्साका साना सामग्री राख्ने होल्डर जसरी प्रयोग गर्न सकिन्छ । साना साना किचेनका सामग्रीहरु हराउन नदिन र एक स्थानमा व्यवस्थितसंग राख्नका लागि टिनका बट्टाहरुलाई यो तस्विरमा देखाए जस्तै गरेर मिलाएर राख्नुहोस । न त अब तपाईलाई स-साना सामन हराउने डर न त अनावश्यक भूमि-प्रदूषण ।

 

बट्टाहरुको व्यवस्थित रखाई  

 

        

भान्साघरमा बट्टाहरु धेरै हुनु स्वाभाविक नै हो । अचार, मसला, नुन, बेसार आदि सबै कुरा बट्टामै राखिन्छ तर बट्टा राख्ने राम्रो स्थान नभएमा र छरपष्ट पारेर राखेमा न त हेर्दामा राम्रो देखिन्छ न त उक्त बट्टा खोज्दामा चाडो भेटिन्छ । त्यसैले बट्टालाई पनि राम्रो संग मिलाएर राख्नका लागि यो तस्विरमा देखाए जस्तै तपाइले छुट्टै बट्टाको लागि मात्रै दराज बनाउन सक्नुहुन्छ ।


टावल र्याकको प्रयोग

 

 

टावल र्याकको मुख्य काम त टावल झुण्डाउने नै हो तर भान्साघरमा टावल राख्ने र्याकको प्रयोग गर्न सक्नुहुन्छ भन्दा आश्चर्य मान्नु पर्दैन । यसलाई तपाईले भान्सा कोठामा विभिन्न भाडाहरुको ढकनी राख्ने र्याक / होल्डरको रुपमा प्रयोग गर्नु सक्नुहुन्छ। खाना पकाउने भाडाका ढकनीहरु पातला भएपनि सामान्य र्याकमा मिलाएर राख्न अफ्ट्यारो हुन्छ । तर यस झन्झटबाट छुटकारा पाउन यो तस्बिरमा देखाए जस्तै गरी भाडाका ढकनीहरुलाई  एकै ठाउँमा राम्रोसंग राख्न सक्नुहुन्छ।

 

कप ह्यांगर

 


हेर्दामा राम्रो र मूल्यमा महँगो कप किन्ने चलन त सबैको घरमा चलिरहेको हुन्छ । मानिसहरुले कप चिया र कफी खानका लागि मात्र नभई भान्सा कोठा सजाउनका लागि पनि किन्ने गर्छन् । यदि तपाईले पनि राम्रा राम्रा कपहरु किन्नु भएको छ भने तपाईको घरमा कप होल्डर / ह्यांगर हुनु अनिवार्य छ । कपहरुलाई राम्रो देखिने गरी राख्नका लागि र सजिलै पहुँच योग्य बनाउनका लागि यो तस्बिरमा देखाए जस्तै तपाईले कप ह्यांगरको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो कप ह्यांगर आफै बनाउन कि त बजारबाट खरिद गर्न पनि सकिन्छ ।

 

चिटिक्क परेको मसला राख्ने र्याक

 


यदि मसलालाई बट्टामा राखि एउटा छुट्टै अलमारीमा हाल्ने कुरा तपाईलाई ठीक लाग्दैन भने तपाईले यो नयाँ र अभिनव मसला राख्ने र्याक बनाउन सक्नुहुन्छ ।  यसमा तपाईले कुन मसलाको बट्टा कुन हो भनेर खोजिरहनु नि पर्दैन र कुन-कुन मसला सकिन लागेको छ भनेर नि एकै झलकमा थाह पाउन सक्नुहुन्छ । यस र्याकले तपाईको भान्सालाई केही मोडर्न लुक पनि दिन सहयोग पुर्याउछ ।

 

टेवलको साइडको सही उपयोग

 

      


यदि तपाईको भान्सामा सानो टेवल छ र भान्साका सामानहरु राख्नलाई ठाउँ पुगिरहेको छैन भने तलको तस्विरमा देखाए जस्तै त्यस टेवलको एउटा साइडलाई छुट्टै सानो अलमारी जस्तो बनाउन सक्नुहुन्छ  । यसले तपाईलाई थप थुप्रै भान्साका सामग्री राख्ने स्थान र ठाउँ दिन्छ । यसमा तपाईले खाना बनाउदा र खाँदा प्रयोग हुने सामाग्रीहरु राख्न सक्नुहुन्छ ताकी धेरै प्रयोग हुने सामान सजिलै भेटियोस् ।

 

कटिङ्ग बोर्डको ठीक व्यवस्थापन 

 

प्राय सबैको भान्सामा १ वा बढी कटिङ्ग बोर्ड हुन्छ तर कटिङ्ग बोर्ड राख्ने गतिलो स्थान भने धेरैको भान्सा कोठामा हुदैन । कटिङ्ग बोर्ड फोहर भएमा यसमा राखेर काटिने खानेकुरा, तरकारी, फलफूल आदि सबै फोहर हुन्छ । त्यसैले कटिङ्ग बोर्डलाई सफा र व्यवस्थितसंग राख्न तपाइले यहाँ तस्विरमा देखाईएको जस्तो कटिङ्ग बोर्ड राख्ने छुट्टै होल्डर बनाउन सक्नुहुन्छ ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App