१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘हाम्रा सहर आधुनिक छैनन्’

वर्षा शिवाकोटी, अभिनेत्री

तपाईंलाई मनपरेको सहर कुन हो ?

 

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा व्यवस्थित छ । धुलोधुँवा र प्रदूषण छैन । सडक फराकिला छन् । फेवाताल र अन्य पर्यटकीय स्थलले पोखरालाई आकर्षणको केन्द्र बनाएको छ । पोखराबाहेक धरान, विराटनगर, लुम्बिनीलगायत पनि मलाई राम्रो लाग्छ ।

हाम्रा सहरमा मौलिकता र प्राचीन सम्पदा, कलाकृति नियाल्न पाउँदा आनन्द लाग्छ । हाम्रा सहरको इतिहास र महत्व बेग्लै छ । यहाँको जस्तो वनपाखा, हरियाली पहाड, डाँडाकाँडा, हिमाल र ऐतिहासिक मठ–मन्दिर अन्यन्त्र पाइँदैन ।

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
म युरोपका धेरैजसो सहर घुमेकी छु । त्यहाँका सहर सुन्दर र व्यवस्थित छन् । अस्ट्रियाको भियना, इटालीको रोम, बेलायतको लन्डन, फ्रान्सको पेरिसलगायत धेरै व्यवस्थित लाग्यो । यी सहरमा फोहोर कतै देखिँदैन । हेर्दै ऊर्जा मिल्ने खालका सहर छन् युरोपमा । त्यस्तै, स्विट्जरल्यान्डको जुरिक पनि मलाई मनपरेको सहर हो ।

नेपालका सहर कस्तो लाग्छ नि ?
आधुनिकता र व्यवस्थापनका हिसाबले नेपालका सहर विदेशी मुलुकका भन्दा धेरै पछाडि छन् । बाहिरका सहर आधुनिकताको अवधारणाअनुरूप विकास भइसकेका छन् । तर, हाम्रोमा भएका नीति–नियम पनि पालना भएका छैनन् । सहरको विकासका निम्ति ल्याएका योजना कागजमै सीमित छन् । ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ । यहाँका सहरमा पाइने मौसम कतै पाइँदैन । नेपालका सहरमा पुराना कलाकृति छन् । हाम्रा सहरमा मौलिकता र प्राचीन सम्पदा, कलाकृति नियाल्न पाउँदा आनन्द लाग्छ । हाम्रा सहरको इतिहास र महŒव बेग्लै छ । यहाँको जस्तो वनपाखा, हरियाली पहाड, डाँडाकाँडा, हिमाल र ऐतिहासिक मठ–मन्दिर अन्यन्त्र पाइँदैन ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरमा आराम गर्ने शान्त ठाउँ होस् । सहरमा बस्ने एकले अर्कोलाई अवरोध नगरोस् । सहरको गल्लीमा कतै फोहोर नभेटियोस् । सडक व्यवस्थित होऊन् । सेवा–सुविधा लिन झन्झट व्यर्होनुनपरोस् । यी कुरा भए भने सहर राम्रो हुन्छ । हाम्रा सहरको अर्को पक्ष, यहाँ सबैतिर नेपालीपन छ । वातावरण पनि उत्तिकै मिल्दो र आनन्ददायी छ ।

हाम्रो मुलुकका सहरमा यति धेरै विशेषता हुँदाहुँदै पनि पर्यटक आकर्षण गर्न सकिरहेका छैनौँ, किन होला ?
नेपालको हावापानी र भौगोलिक बनावटले विश्वका धेरै मानिसलाई नेपालमा तानेको छ । यहाँका हावापानी बुझ्नकै लागि धेरै देशबाट नेपाल घुम्न आउने गरेका छन् । अझै पनि यहाँको सुन्दरता र ऐतिहासिक पक्षबारे विश्वका धेरै मानिसलाई थाहा छैन । हाम्रा सहरलाई अरु देशमा चिनाउन र पर्यटन विकास गर्न सरकारले नीति ल्याउनुपर्छ । त्यसका लागि प्रचार–प्रसार आवश्यक छ ।

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
सहर सफा र सुन्दर राख्न नागरिक र सरकार नै लाग्नुपर्छ । नागरिकले जथाभावी फोहोर फाल्नु हुँदैन । भइरहेका विकास निर्माण कार्य सरकारी निकायले छिटो सक्नुपर्छ । सडकआसपास रुख–बिरुवा रोप्नुपर्छ । धुँवाधुलो, ट्राफिक जाम हुनुहुँदैन । पार्किङको राम्रो व्यवस्था हुनुपर्छ । यसमा जिम्मेवार निकायले काम गर्नुपर्छ ।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
मलाई यहाँको मौसम, हावापानी मनपर्छ । यहाँका सम्पदा, मठ–मन्दिर राम्रो लाग्छ । त्यस्तै, काठमाडौंमा सबैखाले सेवा–सुविधा पाइन्छ ।
यहाँका मननपर्ने पक्ष ?
भीडभाड, धुँवाधुलो, ट्राफिक जाम र अव्यवस्थित पार्किङ मनपर्दैन । यिनै चिजले पछिल्लो समय काठमाडौंलाई अस्तव्यस्त बनाएको छ । यी समस्याले काठमाडौं उदेकलाग्दो छ ।

उपत्यकानजिकै कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
उपत्यकाभित्र त्यति घुम्ने ठाउँ देख्दिनँ । समय मिल्यो भने उपत्यकाबाहिर जान्छु ।

यहाँको मनपर्ने खानेकुरा के हो ?
मलाई नेवारी खानेकुरा मीठो लाग्छ । समय मिल्दा कहिलेकाहीँ साथीभाइसँग नेवारी रेस्टुरेन्टतिर जान्छु ।   
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
सहर भन्दा पनि देशभित्रकै घान्दु्रक, बन्दीपुर र सुदूरपश्चिमका बजार घुम्न मन छ । समय अभावका कारण यी ठाउँ पुग्न पाएकी छैन ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २७ आश्विन २०७४ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App