१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

अन्तिम चरणमा मेलम्ची पूर्वाधार

काठमाडौं- मेलम्चीको पानी उपत्यकामा ल्याउने कुरा कुनै बेला छेपाराको कथा जस्तो भइसकेको थियो। अहिले भने त्यही छेपाराको कथा वास्तविकता नजिक पुगेको छ। मेलम्चीबाट पानी भित्रि नसके पनि उपत्यकावासी अब चाडै आउनेमा विश्वस्त छन्।

अहिले मेलम्चीको पानी उपत्यकामा ल्याउन पाइप बिछ्याउने र ट्यांकी बनाउने काम चलिरहेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडअर्न्तगत मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–दुईले उपत्यकामा आवश्यक पूर्वधार तयार गर्दैछ।

पानी वितरण गर्न उपत्यकाका ४० ठाउँमा पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ। ‘वितरण सञ्जालका लागि ४० ठाउँमा काम गरेका थियौं,’ निर्देशनालयका निर्देशक तिरशप्रसाद खत्रीले भने, ‘अब काम सकिनै लागेको छ।’ वितरण सञ्जालको पाइपमध्ये ६१ किलोमिटर मूल सडकमा बिछ्याउनुपर्ने थियो।

उनका अनुसार वितरण सञ्जाल मात्र नभएर थोक वितरण प्रणालीको पाइप बिछ्याउने कार्य पनि अन्तिम चरणमा छ। घरघरमा पानी वितरण गर्न भित्री सडकमा ६ सय ७० किलोमिटर पाइप बिछ्याउने काम भइरहेको छ। उपत्यकामा बनाइने ९ वटा ट्यांकी निर्माणमा सकिनै लागेको छ। पाइप बिछ्याउने काम ८५ प्रतिशत सकिएको छ। ९ वटा ट्यांकीमध्ये ८ अन्तिम चरणमा छन्। ढिलोमा आगामी साउनभित्र उपत्यकामा आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्ने निर्देशनालयले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App