१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

महिला जागरुकताको दिवस

८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसबारे कुरा गर्दा यो दिवस कसरी मनाउन सुरु गरियो भनी यसको इतिहास बुझ्न पनि त्यत्तिकै आवश्यक छ। सन् १८५७ मा अमेरिकाको गार्मेन्ट कारखानामा काम गर्ने श्रमिक महिलाले निश्चित कार्यघण्टा, समान कामका लागि समान ज्याला, मातृशिशुको अधिकार, महिला मजदूरलाई ट्रेड युनियनको अधिकारलगायतका मागसहित गरेको प्रदर्शनले आन्दोलनको रूप लियो। श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको मञ्चबाट पहिलो पटक महिलाको समान अधिकारका लागि आवाज उठाउने प्रथम जर्मन समाजवादी महिला नेतृ क्लारा जेट्किन थिइन्।  

सन् १९०९ मा न्युयोर्कको गार्मेन्ट कारखानाका मजदूरलाई युनियनमा लागेको शंकामा व्यवस्थापनले निष्काशन ग¥यो जसले गर्दा श्रमिकहरू हडतालमा उत्रन बाध्य भए। यस घटनाले श्रमिक आन्दोलनमा गुणात्मक परिवर्तन ल्यायो र पहिला भन्दा ठूलो संख्यामा महिलाहरू युनियनमा संगठित हुन पुगे। यो हडताल इतिहासमा ‘महान् उथलपुथल’ को नामबाट चर्चित छ। त्यसपछि सन् १९१० मा १७ देशका १०० जना समाजवादी महिलाको बीचमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो। यस सम्मेलनमा क्लारा जेट्किनले महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउन राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो।  

अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो। पछि फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोसलिस्ट इन्टरनेसनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलालाई मताधिकार दिनु थियो। त्यस समय महिलालाई मत दिने अधिकर कतिपय देशमा थिएन। १९१७ मा रसियाका महिलाले, महिला दिवसमा गाँस र कपासका लागि हडताल गरे। त्यसपछि त्यहाँको अन्तरिम सरकारले महिलालाई भोट दिने अधिकार दियो जुन समय रुसमा जुलियन क्यालेन्डर प्रचलन थियो र बाँकी धेरै देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। जुलियन क्यालेन्डरअनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी थियो जबकि ग्रेगेरियन क्यालेन्डरअनुसार त्यस दिन ८ मार्च थियो। यसरी ८ मार्चलाई महिला दिवसका रूपमा मनाइन थालियो।

नेपालको सन्दर्भमा ८ मार्च पहिलोपटक २०१७ सालमा धनकुटाका शिक्षिकाले मनाउन थालेका इतिहास बोकेको यो दिवस २०३५÷३६ को विद्यार्थी आन्दोलनपछि मात्र श्रमजीवी महिलाबीच मनाउन थालेको पाइन्छ। २०४७ सालमा बहुदलीय व्यवस्था स्थापना भएपश्चात महिलाको अधिकारका क्षेत्रमा कार्यरत संघ/संस्था, महिलाको समान अधिकारमा विश्वास गर्ने टे«ड युनियनहरू र श्रमिक महिलाले यो दिवस मनाउँदै आइरहेका छन्। न्याय र समानताका लागि संसारभरका महिलाले ८ मार्चलाई श्रमिक महिलाको अधिकारको आन्दोलनको गौरवगाथा बोकेको दिनका रूपमा स्मरण गर्दै आइरेका छन्। १८औँ शताब्दीबाट सुरुवात भएको श्रमिक महिला अधिकारको आन्दोलन २१औँं शताब्दीसम्म आइपुग्दा पनि नेपालमा भने महिलाले आफ्नो पूर्ण अधिकार उपभोग गर्न पाएका छैनन्। आन्दोलनको स्वरूपमा परिवर्तन आयो, राजनीतिक परिवर्तनसँगै सरकार परिवर्तन भए, राजनीतिक पार्टीका नारा पनि परिवर्तन भए होला तर महिलाका समस्या भने जस्ताका तस्तै छन्।

समाजमा विद्यमान पितृसत्तात्मक संरचना, सोच, मानसिकता र व्यवहारले महिलाको घरभित्रको कामलाई सेवामूलक रूपमा मात्र लिइएको छ जसको फलस्वरूप महिलाकोे श्रमको मूल्याङ्कन नै छैन। महिला श्रमिकहरू अझ पनि विभेदित नै छन्। ज्यालामा समानता छैन, हेर्ने दृष्टिकोणमा फरक छ। श्रमको सम्मान छैन। श्रम क्षेत्रलाई हेर्ने फरक दृष्टिकोणका कारण महिलाको श्रम शोषण र यौन शोषण भइरहेको छ। श्रमिक महिलाको न सामाजिक सुरक्षा छ न त कानुनी सुरक्षा नै। अझ अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाको न कामको सम्मान छ न त मूल्य नै। त्यसले गर्दा महिलामाथि विभिन्न प्रकारका शोषण भइरहेका छन्। समग्रमा भन्दा महिलाको कामको मान्यता र मूल्यमा रूपान्तरण भएको छैन। यसर्थ सङ्घर्ष र उपलब्धिको इतिहास बोकेको ८ मार्चको ऐतिहासिकतालाई अझैं दह«ोसँग आत्मसात गर्दै महिलाको अधिकार, महिलाको न्यायमा पहँुच र सारभूत समानताका लागि आवाज उठाउन आवश्यक छ।  

यस वर्षको नाराले पनि महिलाको सुरक्षा, सम्मान र रोजगार जस्ता विषयलाई जोड दिँदै समृद्ध नेपालको आधारसँग जोडेको छ। महिला कसरी सुरक्षित हुन्छन् ? महिलाको सम्मान कसले कसरी गर्ने र आर्थिक सशक्तीकरणका लागि महिलालाई रोजगारमा कसरी जोड्ने ? महिला र पुरुष बराबरी कसरी बनाउने ? भन्ने पनि प्रश्न उठ्न सक्छ। महिलालाई घरभित्रको काममा मात्र सीमित नगरी घरबाहिर पैसा आउने काममा पनि लगाउने वा महिलाले घरमै बसेर गरेका काम र उत्पादनको पनि बजारीकरण गर्ने हो भने महिलालाई रोजगारी दिन सकिन्छ र महिला पनि पुरुष बराबर आर्थिकरूपले सशक्त बन्न सक्छन।  

महिला र पुरुषको जन्म एउटै आमाको कोखबाट हुन्छ। यस अर्थमा आमाको काख समान हुन्छ। जन्म हँुदै दुवै जना नाङ्गै जन्मन्छन् भने पछि गएर महिला र पुरुषमा विभेद किन ? महिला अधिकार प्राप्तिका निम्ति विगतदेखि मनाउँदै आएको मार्च ८ आजसम्म पनि महिलाले पूर्णरूपले अधिकार नपाएका कारण मनाइरहेका छन्। यो दिवस मनाएर मात्र महिलाले अधिकार पाउने भने होइन जबसम्म महिला र पुरुष समान भएको व्यवहार देखिँदैन तबसम्म यस्ता दिवस र बहस, छलफल, गोष्ठी, अन्तरक्रिया आवश्यक परिरहन्छन्।  

महिला अधिकार प्राप्तिका निम्ति मार्च ८ मनाइएको हो भन्ने कुरा हामी महिला पुरुष सबैले बुझ्न जरुरी छ। महिला र पुरुष बराबरी भएको देखिने गरी राज्यद्वारा नै व्यवहारमा उतारेको देखिए मात्र मार्च ८ मनाउनुको सार्थकता हुन्थ्यो। अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकतासम्बन्धी दिवस हो। यो ८ मार्चमा विश्वभर मनाइन्छ। हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवाल अन्तर्राष्ट्रिय महिला दिवसका विषय हुने गरेका छन्।  

नेपालमा सधैँझैँ यस वर्ष पनि १११ औँ अन्तर्र्रािष्ट्रय महिला दिवस साझा अभियानका रूपमा मनाइँदैछ। महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले स्थानीय तह एवं त्यसका वडा, सरोकारवाला निकायहरू एवं सामाजिक संघ/संस्थाहरू १११ औँ अन्तर्र्रािष्ट्रय महिला दिवसलाई राष्ट्रियस्तरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ भव्यरूपले कार्यक्रम आयोजना तथा सहकार्य गरी मनाउने तयारीमा छन्। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा भने ‘विमेन इन लिडरसिप : एचिभिङ एन इक्वेल फ्युचर इन अ कोभिड–१९ वल्र्ड’ छ।  

यस अवसरमा हामी राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्न सक्छौँ भने स्थानीय तहका पालिका, वडा तथा बस्तीहरूमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम, छलफल, अन्तरक्रिया तथा अन्य कार्यक्रम आयोजना गर्न सक्छौँ। जस्तै– समाजमा भएका कुप्रथा  छाउपडी प्रथा, महिला हिंसा तथा लैंगिक हिंसा, जातीय छुवाछूत तथा भेदभाव, बालविवाह अन्त्य जस्ता विषयवस्तुलाई जोड्दै महिला सशक्तीकरण, महिलाको उन्नति, समृद्धि र विकास तथा समतामूलक समाज निर्माणमा सहयोग हुने खालका कार्यक्रमहरू आयोजना गर्न सकिन्छ। यस्ता विषयसँग सम्बन्धित विभिन्न किसिमका नारा बनाएर प्लेकार्डसहितको ¥याली र कोणसभा आयोजना गरी मन्तव्य राख्दा कार्यक्रम प्रभावकारी हुन्छ। यस क्रियाकलापका लागि स्थानीय सरकार, संघ÷सस्था तथा स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गर्नु पनि त्यति नै आवश्यक छ।  

(लैंगिक तथा समावेशी सुशासनविज्ञ, जुरी नेपाल)  

प्रकाशित: २४ फाल्गुन २०७७ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App