४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

कोरोना भाइरस, नर्सिङ पेशा र स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य

कोरोना भाइरसको महामारीमा ४ लाख भन्दा बढी निको भएर घर फर्केका छन्। १७ लाख भन्दा बढी प्रभावित छन्। र १ लाख भन्दा बढीले ज्यान गुमाएका छन्।

अन्तराष्ट्रिय काउन्सिल अफ नर्सस (आईसीएन) र इटलियन नर्स एसोसिएसन (सीएनएआई) ले कोभिड भएका बिरामीहरूसँग कामगर्ने नर्सहरूलाई पर्याप्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरू आपूर्ति नगरेकोले समस्या गम्भीर भएको र अझ भयावह हुन सक्ने चेतावनी दिएको छ। इटलीमा ९० भन्दा बढी डाक्टरको मृत्यु भइसकेको छ भने इटलीमा कोविड १९ को केसहरूमध्ये ९% स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्। स्पेनले कम्तिमा १२,२९८ स्वास्थ्यकर्मीहरूमा कोविड १९ को संक्रमण गरेको बताएको छ। अमेरिकाको ओहियोमा बुधवार ३१ मार्च २०२० सम्म सम्पूर्ण केस मध्ये कम्तिमा १६% स्वास्थ्य सेवाकर्मीहरूमा कोविड १९ को संक्रमण रहेको बताएको छ, जबकि मिनेसोटामा यो २८% थियो।

स्वास्थ्यकर्मीहरू कुनै पनि प्रकोप प्रतिक्रियाको पहिलो लाइनमा हुन्छन् र तिनीहरू खतरामा पार्ने सम्भावना हुन्छ। यसमा लामो काम गर्ने अवधि, मनोवैज्ञानिक समस्याहरु, थकान, व्यवसायिक बर्नआउट, कलंक, र शारीरिक र मनोवैज्ञानिक हिंसा हुने सभ्भावना हुन्छ। अध्ययनले उपचारमा संलग्न डाक्टर तथा नर्सहरू सब भन्दा बढी जोखिममा रहेको देखाएको छ। उनीहरू एकै चोटि धेरै भाइरसको सम्पर्कमा आउने हुँदा बिरामी पर्ने सम्भावना धेरै भएको चीन, अमेरिका र इटलीको अनुभवले देखाउँछ। भारतको मुम्बई स्थित एक अस्पतालमा पनि २६ नर्स र तीन जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्यकर्मीहरू कुनै पनि प्रकोप प्रतिक्रियाको पहिलो लाइनमा हुन्छन् र तिनीहरू खतरामा पार्ने सम्भावना हुन्छ। यसमा लामो काम गर्ने अवधि, मनोवैज्ञानिक समस्याहरु, थकान, व्यवसायिक बर्नआउट, कलंक, र शारीरिक र मनोवैज्ञानिक हिंसा हुने सभ्भावना हुन्छ।

मनोवैज्ञानिक अनुसन्धानकर्ताहरु (जीयांवो लाइ र इट अल,२०२०)  ले जामा नेटवर्क माकोविड १९ संक्रामक रोगको प्रकोपको बेलामा स्वास्थ्यकर्मीहरूले प्रतिकूल मनोवैज्ञानिक प्रतिक्रियाहरू भोगेका छन कि भनेर जान्न चीनको वुहान, हुबेई प्रान्तका ३४ अस्पतालबाट १२५७ स्वास्थ्यकर्मीहरू (३९% चिकित्सकहरूसँग ६१% नर्सहरू ७२%जुनियर नर्सहरू) सर्वेक्षण गरिएको थियो। सबै सहभागीमा ९०% महिलाहरू थिए। जस मध्ये ६०.८% नर्सहरू थिए। जसमा वैध मनोवैज्ञानिक रेटिंग स्केल चिन्ता,उदासीनता, अनिद्रा, र कष्ट र पीटीएसडीको प्रयोगगरेर २ जनवरी २०२० देखि ३ फेबु्रअरी २०२० सम्म अध्ययन गरेका थिए। समग्रमा ४२% स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई सीधा हेरचाह गरिरहेका थिए। जसमध्ये सवभन्दा बढी ५०% मा उदासीनता, ४५% मा चिन्ता३४% मा अनिद्रा र ७२% मा तनाव वा व्याकुलता भएको देखिएको थियो। उच्च जोखिम वुहानमा बिरामीहरूको प्रत्यक्ष हेरचाहमा संलग्न महिला नर्सहरूमा लक्षणहरू बढी थिए।

आज ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको अवसर पारेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले “विश्वमा नर्सिङको अवस्थाः२०२०” रिपोट सार्वजनिक गरेको छ। स्वास्थ्य कभरेज शिक्षा, रोजगार र नेतृत्वमा लगानी विश्व सार्वभौमको अभूतपूर्व राजनीतिक प्रतिबद्धताको साक्षीको रूपमा रहेको छ। स्वास्थ्य क्षेत्रमा सबै भन्दा ठूलो स्वास्थ्य पेशाको लगभग ५९% नर्सिंङ व्यावसायिक समूह हो। विश्वव्यापी नर्सिङ क्षेत्रमा काम गर्ने कार्यबल २७.४ मिलियन छ, जसमध्ये १९.३ मिलियन पेशेवर नर्सहरूको रहेको छ। कोविड १९ प्रकोप र विस्थापन एवं द्धन्दको कारण हाम्रो आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई ठूलो जनसंख्याद्वारा परीक्षण गरिएको छ। यस्तो परिस्थितिहरुमा नर्सहरूले यी प्रत्येक अवस्थामा महत्त्वपूर्ण हेरचाह प्रदान गर्दछ। नर्सहरूमा लगानी ले  केवल स्वास्थ्य सम्बन्धित एसडिजी लक्ष्य–३ मा योगदान गर्दैन यसले शिक्षा (एसडीजी–४)मा,लिग(एसडीजी–५) र कामर आर्थिक वृद्धि (एसडीजी–८) मा पनि योगदान गर्दछ। सन् २०२० नर्स र सुँडेनीको अन्तर्रा्ष्ट्रिय वर्ष हो।

यस वर्ष नर्सहरूको लागीलगानी क्षेत्र अन्तर्गत नर्सिंङ र मिडवाइफको शिक्षामा लगानीको गति बढाउनुहोस,  थप विशेषज्ञ नर्सहरू प्रयोग गर्नुहोस, नर्स र सुँडेनीहरूको नेतृत्व कौशलमा लगानी, सुडेनी र नर्सहरूलाई प्राथमिक स्वास्थ्य सेवाको सेन्टरमा राखेर कार्ययोजना बनाउनुहोस, स्वास्थ्य प्रवद्र्धन र रोग रोकथामको लागि नर्सहरू र सुँडेनीहरूलाई समर्थन गर्नुहोस्। विश्वव्यापी रूपमा, स्वास्थ्य र सामाजिक कार्यबलको ७०% महिलाहरू छन्। जसमा नर्सहरू र सुँडेनीहरूले ठूलो हिस्सा प्रतिनिधित्व गर्दछ। महामारी, प्रकोपको समय र द्वन्द्वमा नर्सहरू र सुँडेनीहरूले जताततै मानिसहरूका लागि हेरचाह गर्न महत्वपूर्ण भूमिका खेल्छन्। नर्सहरू र सुँडेनीहरूको बिरामीहरूसँग सम्बन्ध विश्वासमा आधारित छ। नर्सहरुलाई परम्परा, संस्कृति र विरामीको समुदायको अभ्यासहरू पनि थाहा हुनु आवश्यक छ , जसले उनीहरूलाई प्रकोप वा आपत कालिन अवस्थामा अपरिहार्य सहयोगी बनाउँदछ। स्वास्थ्यको पूर्ण तस्वीर थाहा पाउँदा विरामीको हेरचाह सुधार गर्न र पैसा बचत गर्न मदत गर्दछ।

७ अप्रिललाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाउन थालेको ७१ वर्ष हुन गईरहेको छ। अप्रिल ७ का दिनमा विश्व स्वास्थ्य संगठन डब्लु एचओ को स्थापना पनि भएको ले यसै दिनको अवसरमा सन १९५० देखि हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ। यस दिवसको नारा “नर्सहरू र सुँडेनीहरूलाई समर्थन गर्नु”रहेको छ। यो नाराले नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन्छ।

विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा स्वस्थ जीवनलाई प्रोत्साहित गर्दछ, स्वास्थोपचारको समान पहुँचको आवश्यक्ता औंल्याउँछ। विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचार लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ। यस्तो अवस्थामा पर्याप्त सुरक्षा उपकरण बिना ड्युटीमा खटिएका नेपालका डाक्टर तथा नर्समा संक्रमणको जोखिम धेरै छ।

कोविड १९ मा स्वास्थ्यकर्मीको मानसिक सु-स्वास्थ्य हेरचाह

चिकित्सकहरु र अन्य अग्रणी स्वास्थ्य सेवा पेसामा संलग्न व्यक्तिहरुमा नकारात्मक मानसिक स्वास्थ्य प्रभावको जोखिममा छन्। किन कि उनीहरू बिरामीहरूको हेरचाह गर्ने दायित्वलाई संतुलित गर्ने प्रयास गर्दछन्। उनीहरूको आफ्नो स्वास्थ्यको बारेमा चिन्ताका साथ आफ्ना परिवार र साथीहरूको मानसिक स्वास्थ्यको पनि चिन्ता गर्दछन्।

२ फेव्रुअरी २०२० मा, देशव्यापी मनोवैज्ञानिक सहयोग हटलाइनहरू स्थापना गरिरहेको चीनको स्टेट काउन्सिलले घोषणा गर्यो। चीनमा स्थानीय र राष्ट्रिय मानसिक स्वास्थ्य संस्थाहरुले टेलिमानसिक स्वास्थ्य सेवा जस्तै टेलिफोन, इन्टरनेट र विभिन्न एपहरुमा आधारित सेवको प्रयोग गरेर मनोवैज्ञानिक सहायता सेवाहरु, परामर्श वा इन्टरभेन्सनलाई व्यापक रूपमाप्रयोग गरी सेवा प्रदान गरिएका छन्। 

नेपालले सरकार स्वास्थ्य विभाग अन्र्तगत इसीडिसीले पनि मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा कामगर्ने २५ भन्दा बढि संघ संस्थासित यस अवस्थामा कसरी काम भईरहेको छ  र भविश्यको कार्यदिशा के गर्ने भनेर अन्र्तक्रिया गरेको छ। केहि संस्थाहरुले टेलीमानसिक स्वास्थ्य सेवा सुरु गरेको छ। मनोविद,मनोचिकित्सक, मनोविमर्शकर्ताले यस अवस्थामा चिकित्सकहरु र अन्य अग्रणी स्वास्थ्य सेवा पेसामा संलग्न व्यक्तिहरुको लागी प्राथमिक मनोवैज्ञानिक सहयोगको महत्वपुर्ण भूमिका रहन्छ। 

मनमा आउने भावनाहरु स्वतन्त्ररुपमा महसुस गर्ने

केसको सम्भावित वृद्धि, हेरचाहको माग, सम्भावनाको जोखिम, उपकरणको अभावका कारण अनुभव गर्ने तनाव र यससँग सम्बन्धित भावनाहरू कुनै पनि हिसाबले कमजोरीको संकेत होइनन। र तपाईंको क्षमतालाई यसले प्रतिबिम्बित गर्दैनन्। त्यसैले मनमाआउनेभावनाहरु स्वतन्त्ररुपमा महसुस गर्ने।

सकारात्मक सामना गर्ने रणनीति प्रयोग गर्ने

तनावको समयमा तपाईंको लागि विगतमा काम गरेका अभ्यास रणनीतिहरू अपनाउने  जस्तै पर्याप्त आराम गर्ने, कामको विच्च विच्चमा आराम गर्ने समय निकाल्ने, स्वस्थ खाना खाने,शारीरिक गतिविधिमा संलग्न हुने र उचित सामाजिक दूरीका साथ परिवार र साथीहरूसँग सम्पर्कमा रहने गर्न सकिन्छ।

आफ्नो मानसिक स्वास्थ्यको अवस्थाको निरीक्षण गर्ने

उदासिनता र तनाव सम्वन्धि लक्षणहरूको लागि आफैं  स्वनिरीक्षण गर्नुहोस्। जस्तै लामो उदासीनता, निन्द्रामा कठिनाई र निराशाको भावनाहरू आदि। यस्तो अवस्थामा एक विश्वसनीय सहकर्मी वा सुपरवाइजरसँग कुरा गर्न सकिन्छ।

आफ्नो सहकर्मी र स्टाफको मानसिक सु स्वास्थ्य ख्याल राख्नुहोस

यस समयमा स्टाफका लागि सहयोगी भूमिका निर्वाह गर्ने र सम्भव भएसम्म समय तालिका समायोजित गर्नुहोस्। स्टाफको मनोसामाजिक समर्थनमा पहुँच प्रदान गर्नुहोस्। दोहोरो खुला संचार को वातावरण सिर्जना गर्नुहोस्। स्टाफको मानसिक सु स्वास्थ्य कायम गर्न सहयोग  गर्ने।

(मनोविज्ञानमा विद्यावारिधी गरेका ठगुन्ना प्रध्यापन गर्छन्।)

 

प्रकाशित: ३० चैत्र २०७६ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App