१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

इरानमाथि मडारिइरहेको अमेरिकी बादल

विजय प्रसाद

मे ५ का दिन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो देशको युएसएस अब्राहम लिंकन नामको युद्धक विमान बोक्ने जहाज र बमबारी गर्ने विशेष सैनिक टोली इरानको तटीय क्षेत्र नजिक भूमध्यसागरतिर रवाना भएको घोषणा गरे। इरानले ‘धेरै समस्यामूलक र उत्तेजनात्मक संकेत र खतरा’ देखाएको बोल्टनको दाबी थियो। तर इरानले देखाएको खतरा कस्तोखालका थियो भन्ने विषयमा उनले प्रस्ट पारेनन्। विगतमा पनि ह्वाइट हाउसबाट बोल्टनले यस्ता खतरनाक वक्तव्य दिएका धेरै उदाहरण छन्। ‘अमेरिका इरानी सरकारस“ग युद्ध गर्न खोजिरहेको छैन’– बोल्टनले भने। तर उनको यो अभिव्यक्ति अपत्यारिलो छ। कुनै एउटा देशको सिमानासम्म ठूलो आकारको युद्धक जहाज पुग्नु भनेको युद्धको घोषणा नभए अरु के हुनसक्छ ?

युरोप भ्रमणमा रहेका अमेरिकी विदेश सचिव माइक पम्पेओले ‘संकेत र खतरा’ अन्तर्गत लेवनानी राजनीतिक शक्ति हेजबुल्लाहले गरिरहेका गतिविधि पनि पर्ने संकेत गरेका थिए। तर पम्पेओले पनि कुनै प्रमाण दिन आवश्यक भने ठानेनन्। ‘अन्तरनिहीत कुरा के हो भन्नेबारे म थप बोल्न चाहन्न’– उनले भने।

लालसागर तरेर युएसएस अब्राहम लिंकलन युद्धक जहाज आउनुको मूल संकेत भनेको इरानविरुद्ध अमेरिकी सरकारको नाकाबन्दी अझ निखार्नु हो। अमेरिकाले इरानस“ग तेल खरिद गर्ने कुनै पनि देशविरुद्ध नाकाबन्दी लगाउने घोषणा गरिसकेको छ। उसको यस्तो घोषणाबाट सबभन्दा बढी प्रभावित बन्ने ५ देश चीन, भारत, जापान, दक्षिण कोरिया र टर्की हुन्। भारत, जापान र दक्षिण कोरियाले अमेरिकाको नया“ र कडा नाकाबन्दीको पालना गर्ने बताएका छन्। चीन र टकीले भने घोषणा मान्न बाध्यकारी नभएको प्रस्ट पारेका छन्।

संसारले निकट इतिहासमा धेरै युद्ध सामना गरिसकेको छ। अब संसार शान्तिको ढोका खोल्न चाहन्छ। ट्रम्प, बोल्टन र पेन्सहरू युद्ध उचाल्न खोज्छन्। उनीहरू खतरनाक मुद्दासहितका खतरनाक मानिस हुन्।

इरानको अर्थतन्त्र
इरानका तेल उपमन्त्री अमिर होसेन जामानिनियाले इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमलाई इरानी तेल ‘अनौपचारिक बजार’ (ग्रे मार्केट) मा बेच्ने घोषणा गरिसकेका छन्। उनले अमेरिकाले थोपरेको नाकाबन्दी ‘अवैधानिक’ भएको र यसलाई निष्प्रभावी बनाउन इरानले सम्भव सबै उपाय अपनाउने बताए। ‘अनौपचारिक बजार’ अन्तर्गत इरानी तेलले भरिएका ट्याङ्करलाई निर्यातका लागि जसै समुद्रमा पु-याइन्छ, तिनमा राखिएको संकेत बदलिन्छ। संसारभरका समुद्रमा धेरै सङ्ख्यामा हुने ट्याङ्करले कुन ट्याङ्कर कुन बन्दरगाहबाट आएको हो भनी निक्र्यौल गर्न सम्भव ह“ुदैन। इरानले त्यस्तो तेल धेरै छूटमा बेच्नेछ।

अनौपचारिक बजारमा इरानले यसरी तेल बेच्ने काम नरोके पनि उसले हिजो बेच्दै आएको तेलको अनुपातमा त्यतिबेला बेच्ने तेलको मात्रा भने उल्लेख्यरूपमा घट्नेछ। फलतः इरानको बाह्य राजस्व निकै घट्नेछ। अप्रिलमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१९ मा इरानको अर्थतन्त्र ६ प्रतिशतले घट्ने पूर्वानुमान सार्वजनिक गरिसकेको छ। यसप्रकार अर्थतन्त्रमा आउने लगातारको ¥हासको मूल कारण अमेरिकाको नेतृत्वमा हुने नाकाबन्दी हो। त्यसले इरानको बजेट अस्तब्यस्त बनाउनुका साथै इरानी जनताको आत्मविश्वासलाई प्रभावित बनाएको छ। ठूलो आकारको बजेट घाटाले इरानको समग्र आर्थिक अवस्थालाई नकारात्मक प्रभाव पार्नेछ। यो वर्ष इरानको बजेट घाटा १४ अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। बजारमा इरानी मुद्रा रियालको छेलोखेलो गरिएको छ। मुद्रा आपूर्ति २० प्रतिशतभन्दा बढीले माथि पुगेको छ।पुँजी पलायन र कर छूट जस्ता गम्भीर समस्याले इरानी सम्भावनामाथि अवरोध सिर्जना गरिरहेको छ। इरानी संसद्को आर्थिक आयोगका उपाध्यक्ष काजिम देलखोसले देशको कुल आयको झण्डै ४० प्रतिशत कर कार्यालयबाट लुकेको अनुमान गरेका छन्।

इरानले गएको महिनामात्र उत्तरपूर्वी र दक्षिणपश्चिम क्षेत्रमा विनाशकारी बाढीको सामना गर्नुप¥यो। बाढीका कारण २ अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ। वित्तीय प्रणालीमा अमेरिकाले थोपरेको नाकाबन्दीका कारण इरानका बाढीपीडित जनतालाई आर्थिक मद्दत गर्न चाहने विभिन्न देशले मद्दत गर्न नसकेको इरानी रेड क्रिसेन्ट सोसाइटीले बताएको थियो। त्यही भएर पीडित जनताको मद्दतका लागि भौतिक वस्तुमात्र इरानमा पठाउन अनुमति दिइएको थियो। बाढीपीडित जनताका लागि चीनले टेन्ट पठायो भने अस्ट्रियाले कम्बल पठायो। भौतिक वस्तुकै रूपमा पनि साउदी अरब र संयुक्त अरब इमिरेट्सले पठाएका वस्तु अमेरिकी नाकाबन्दीका कारण इरान पस्न दिइएन। इरानी विदेशमन्त्री जाभेद जारिफले ट्विटरमा लेखेका थिए– ‘अमेरिकाको अवैध नाकाबन्दीका कारण इरानी रेड क्रिसेन्टले कुनै सहायता रकम प्राप्त गर्न सकेन। अमेरिकाले आफ्नो आर्थिक आतंकवाद त्याग्नुपर्छ।’

तनाव
मे ८ बुधबारका दिन इरानी राष्ट्रपति हसन रोहानीले टेलिभिजन र रेडियो अन्तर्वार्तामार्फत सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकाले हात झिक्नु र इरानमाथि नया“ कडा नाकाबन्दी थोपरेको विषयमा कडा प्रतिक्रिया जनाए। अमेरिकाले केही रुसी र युरोपेली कम्पनीलाई इरानको आणविक ऊर्जा क्षेत्रमा काम गर्न छूट दिएको थियो। पा“चवटा कम्पनीलाई इरानका चारवटा आणविक केन्द्रमा सहयोग गर्न अनुमति दिइएको थियो। तीमध्ये तीनवटा कम्पनीलाई अमेरिकाले थप ९० दिन काम गर्न (अघिल्लो पटकभन्दा आधा समय) छूट दिएको र दुईवटालाई त्यस्तो छूट दिन नसकिने बताएको छ। म्याद थप नभएका दुईमध्ये एउटा रुसी कम्पनी हो। उक्त रुसी कम्पनीले रुसी कच्चा एल्लोकेक (युरेनियमको शुद्धीकरणका क्रममा निस्कने अशुद्ध युरेनियम) र इरानी शुद्ध युरोनियम सट्टापट्टा गर्दै आएको थियो। अर्को कम्पनीले इरानबाट ओमानमा हेभी वाटर (आणविक प्रतिक्रियाको सहजकर्ताका रूपमा पानीमा हुने हाइड्रोजनको तŒव निकालेर इसोट्रम ड्युटेरम प्रत्यायोजन गरिएको पानी) भण्डारण गर्ने गथ्र्यो।

रुस र युरोप दुवै अमेरिकी उक्त नीतिबाट सन्तुष्ट छैनन्। इरानले पनि युरेनियम उत्पादनमा रोक लगाउने कुनै संकेत गरेको छैन। युरेनियम उत्पादन इरानको आणविक ऊर्जा कार्यक्रमको प्रमुख कार्यक्रम हो। सन् २०१५ को इरान आणविक सम्झौताले युरेनियम उत्पादनलाई वैध मानेको छ। रोहानीले युरेनियम उत्पादनलाई निरन्तरता दिनु इरानको अधिकार भएको दाबी गरेका छन्।

गएको महिना इरानका वरिष्ठ नेता आयोतोल्लाह अली खानेमीले आफ्ना इराकी समकक्षीलाई ‘सकेसम्म चा“डो इराकबाट अमेरिकी सेना फिर्ता गर्न’ आग्रह गरे। अमेरिकी सेना लामो समय कुनै एउटा देशमा रह“दा पछि त्यहा“बाट फिर्ता पठाउन गाह«ो हुने उनको भनाइ थियो। सन् २००३ मा अमेरिकाले इराकविरुद्ध युद्ध थालेयता इराक र इरानलेसम्बन्ध बिस्तार गरेका छन्। सडक र सम्भावित रेलमार्ग क्षेत्रमा नजिकको आर्थिक सम्बन्धले दुवै देशलाई एकअर्कास“ग निर्भर बनाएको छ। (अमेरिकी दबाब अस्वीकार गर्दै इराकले इरानी तेल निर्यात गरिरहेको छ।) खोमेनीले इराकमा अझै बसेका ५ हजार २ सय अमेरिकी सेनालाई संकेत गर्दै इराकसँग त्यस्तो आग्रह गरेका थिए। विगतमा बोल्टनले ती अमेरिकी सेना ‘इराकमाथि निगरानी’ गर्न त्यहीँ रहने भनी बोलेको वाक्यलाई ट्रम्पले पनि यो वर्षको सुरुमा बोलेपछि संसारले उनको हा“सो गरेको थियो।

अमेरिका र इरानबीच शब्दको युद्ध उत्कर्षमा पुगेको छ। अप्रिलमा ट्रम्प सरकारले इरानी सेनालाई ‘आतंकवादी’ को बिल्ला लगायो। इरानी संसद्ले त्यस्तो आरोपप्रति निन्दा गरेको थियो। इरानी रक्षामन्त्री जनरल अमिर हातामीले अमेरिकी सेनाका ‘आतंकवादी गतिविधि’ को प्रतिरोध गर्न इरानी सरकारलाई बाटो खोल्ने विधेयक सदनमा पेश गरेका थिए। इरानले अमेरिकी गतिविधिको प्रतिरोध कसरी गर्ने तयारी गरेको थियो भन्ने प्रष्ट छैन। तर विधेयकमा अमेरिकी गतिविधिको प्रतिरोध सैनिकभन्दा पनि राजनीतिक र कूटनीतिक हुनुपर्ने उल्लेख छ।

अमेरिकाले इरानले इराक वा मध्यपूर्वमा रहेका आफ्ना सेनालाई निशाना बनाउन सक्ने बताएको छ। बोल्टनले ‘संकेत र खतरा’ भनेर भन्न खोजेको कुरा यही थियो। अफगानिस्तान, इराक र खाडी क्षेत्रमा अमेरिकाका दसौँं हजार सिपाहीं छन्। इरानलाई चारैतिरबाट अमेरिकी सैनिक हातहतियारले घेरा लगाएको छ। अमेरिकी सेनाको पासोमा आफू परेको महसुस गर्दै गत सालको अन्तिमतिर इरानी सरकारले कतारको अल–उब्देड हवाई अड्डा, संयुक्त अरब इमिरेट्समा रहेको अल–डाफ्रा आधार क्षेत्र र अफगानिस्तानमा रहेको कान्दहार सैनिक आधारमा हमला गर्न सक्ने बताएको थियो। इरानी क्रान्तिकारी सेनाको हवाई ब्रिगेडका प्रमुख अमिराली हाजिजादेहले भनेका थिए– ‘ती स्थानमा हामी पुग्न सक्छौँं।’ इरानलाई उक्साउन गएको मार्च महिनामा अमेरिकाले ओमानका सालेह र डुक्म बन्दरगाह सैनिक उद्देश्यका लागि प्रयोग गर्नेसम्झौता ओमान सरकारस“ग गरेको थियो।

अन्त्यहीन युद्ध
आफ्नो युनियन अफ स्टेट सम्बोधनमा ट्रम्पले भनेका थिए– महान् राष्ट्रहरू अन्त्यहीन युद्ध लड्दैनन्।’अमेरिकाले अफगानिस्तानमा हात झिक्न नया“ सम्झौता गर्न खोजिरहेको छ। सिरियाको द्वन्द्वबाट पनि उसले हात झिकेको छ। दुवै देशका द्वन्द्वबाट हात झिक्न उसलाई त्यति सजिलो पक्कै भएन। तर, यदि अमेरिकाले इरानमाथि हमला गरे त्यो युद्ध लेवनानदेखि भारतको सिमानासम्म पनि अन्त्यहीनरूपमा फैलनेछ। अमेरिकाभन्दा इरान निसन्देह कमजोर छ। तर कदाचित अमेरिकाले इरानमाथि हमला गरे इरानले यसलाई अफगानिस्तानमा रहेको अमेरिकी सेनामाथि हमला गर्ने अवसरका रूपमा उपयोग गर्नेछ। उसले खाडी र उत्तर अफ्रिकाका आफ्ना सहयोगी शक्तिहरूलाई अमेरिकी सेनामाथि आक्रमण गर्न आह्वान गर्नेछ।

इरानका जनता देशभक्त छन्। उनीहरूले आफ्नो देशमाथिको हमलालाई इरानी सरकारमाथिको हमलाका रूपमा मात्र लिने छैनन्। बरु आफूमाथिको हमलाका रूपमा लिनेछन्। इरानी जनताबीच अमेरिकाले कोही आफ्ना पक्षधर भेट्टाउने सम्भावना देखिँंदैन। यतिबेला इरानमाथि युद्ध थालनी गर्नु भनेको संसारभर युद्धको विध्वंंश बिस्तार गर्नु हो। संसारले निकट इतिहासमा धेरै युद्ध सामना गरिसकेको छ। अब संसार शान्तिको ढोका खोल्न चाहन्छ। ट्रम्प, बोल्टन र पेन्सहरू युद्ध उचाल्न खोज्छन्। उनीहरू खतरनाक मुद्दासहितका खतरनाक मानिस हुन्।
(यो लेख स्वतन्त्र मिडिया संस्था ग्लोबलट्रोटरको लागि तयार गरिएको हो।)
स्रोतः न्युजक्लिक, नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App