सीमा गुहा
न्युजिल्यान्डले आतंकवादी हमलाप्रति कसरी एउटा सभ्य देशले प्रतिक्रिया जनाउ“छ भन्ने कुरा संसारलाई देखाएको छ। क्रिसचर्च सहरका दुईवटा मस्जिदमा शुक्रबारे प्रार्थनाका क्रममा अन्धाधुन्ध गोली चल्दा ५० जना मानिस मारिए। प्रधानमन्त्री जासिन्डा अर्देनको नेतृत्वमा न्युजिल्यान्डका जनता उक्त विवेकहीन हमलाको भत्र्सना गर्न एक ठाउ“मा उभिए। न्युजिल्यान्डले यसअघि कहिल्यै पनि त्यस्तो आतंकवादी हमला सामना गर्नुपरेको थिएन। लेबर पार्टीको सरकारले निकै धैर्य र प्रभावकारी कदमहरूमार्फत सो घटनाको सामना गरेको देखिन्छ। जुन शक्ति र भावनाका साथ न्युजिल्यान्डले सो घटनाको सामना गर्यो, त्यसले त्यहा“को महिला नेतृत्वको आयाम र क्षमताबारे धेरै कुरा बोलेको छ।
न्युजिल्यान्ड धेरै जनसङ्ख्या भएको देश होइन। आप्रवासीहरूका लागि न्युजिल्यान्डले आफ्नो ढोका खुला राखेको छ। न्युजिल्यान्डमा बस्दै आएका आप्रवासीमध्ये केही शरणार्थी पनि छन् भने अधिकांश सुखद जीवनको खोजीमा त्यहा“ पुगेका हुन्। तर आजसम्म त्यहा“ कुनै प्रकारको साम्प्रदायिक तनाव थिएन। त्यसकारण हालैको घटनामा बन्दूक चलाउने हत्यारा ब्रेनटन तारान्त स्थानीय बासिन्दा नहुनु कुनै आश्चर्यको विषय होइन। २८ वर्षका गोरा अहंकारी तारान्त न्युजिल्यान्डको छिमेकी देश अस्टे«लियाका बासिन्दा हुन्। उनी गोराहरूको संसारको कुनै पनि कुनामा आप्रवासी सुरक्षित नभएको देखाउन चाहन्थे।
तारन्तको शब्दमा आप्रवासीहरू ‘हमलाकारी’ हुन्। उनी आप्रवासीहरूको हत्या गर्ने लक्ष्यका साथ न्युजिल्यान्ड पुगेका थिए। युरोप र पश्चिमा विश्वभरि फैलिएको आप्रवासी र शरणार्थीविरोधी भावनाले आफूलाई प्रभावित बनाएको उनले बयानमा भने। गोराहरूको बसोबास भएका देशहरूमा अफ्रिका, एशिया र ल्याटिन अमेरिकाबाट ठूलो सङ्ख्यामा आउने काला र खैरा आप्रवासीहरूप्रति उनमा गहिरो घृणाभाव थियो। दक्षिण क्यारोलिनाको एउटा चर्चमा गोली चलाइ९ जना अफ्रिकी अमेरिकीको हत्या गरेका डेलान रुफ र लेबर पार्टीको एउटा युवा कार्यक्रममा सहभागीमध्ये ७७ जनाको ज्यान जानेगरी गोली चलाउने नर्वेका एन्डर्स बे्रभजीलाई आफ्नो आदर्श मान्ने गर्दारहेछन्। नर्वे र अरु युरोपेली देशहरूमा तथाकथित मुसलमानको कब्जा निमन्त्रणा गर्ने लेबर पार्टीप्रति उनी आक्रोशित थिए। न्युजिल्यान्डमा पनि लेबर पार्टीकै सरकार छ। तारान्तले आफ्नो एउटा भिडियो सन्देशमा आफ्नो कामले व्यापक हिंसा फैलिने र गोराहरूको संसारमा आप्रवासी भित्र्याउ“दा आउन सक्ने खतराबारे मानिसको आ“खा उघारिने आशा व्यक्त गरेका छन्।
न्युजिल्यान्डका प्रधानमन्त्रीले तारन्तले चाहेजस्तै घटना नहोस् भनी सावधानी अपनाइन्। सरकारले सुरुमा तारान्तको नाम सार्वजनिक गरेन। त्यस्तो गर्दा आफ्नो बदनामी प्रचार गर्ने तारान्तको आशा पूरा भएन। साथै अरुलाई पनि उनको रक्तपातपूर्ण उदाहरण पछ्याउन उत्साहित गरेन। सरकारले तत्कालै सैनिक शैलीका अर्धस्वचालित बन्दूकहरूमाथि रोक लगायो। ६ दिनभित्रै न्युजिल्यान्डले त्यससम्बन्धी कानुन पारित गर्यो। न्युजिल्यान्डका समाचार माध्यमअनुसार त्यो कानुन अप्रिल ११ देखि नै लागु भइसकेको छ। ‘सैनिक शैलीको अर्धस्वचालित बन्दूक बनाउन आवश्यक पर्ने पाटपुर्जामाथि पनि प्रतिबन्ध लगाइएको छ। साथै उच्च क्षमताको मेगेजिनमाथि पनि रोक लगाइएको छ’– प्रधानमन्त्रीले पत्रकारलाई भनेकी थिइन्।
तर त्यस्ता घटना पटक–पटक भएर पनि संरा अमेरिकाको सरकारले भने यस्तो प्रतिबन्ध लगाएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निर्दोष जनताको मात्र नभई स्कुले केटोकटीसमेतको हत्यामा प्रयोग भएका प्राणघातक हतियारमाथि समेत प्रतिबन्ध लगाउन मानेका छैनन्। गएको वर्षमात्र संरा अमेरिकामा स्कुलमा गोली चलेका ११३ घटना भएका थिए। यो दशकमा यो नै सबभन्दा धेरै सङ्ख्या हो। जनताको आक्रोश र निश्चित प्रकारका सैनिक शैलीका स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने मागबीच पनि सरकारले कुनै प्रकारको प्रतिबन्ध लगाउन मानेन। आफ्नो जीवन रक्षाका लागि बन्दूकमाथि प्रतिबन्ध लगाउन स्कुले केटाकेटीले गरेका प्रदर्शनको पनि कुनै सुनुवाइ भएन। क्रिसचर्चको घटनामा ठूलो सङ्ख्यामा न्युजिल्यान्डका जनता मस्जिदको प्रांगणमा जम्मा भई मुसलमान समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।
भारतलाई पाठ
यसप्रकारका विवेकहीन आतंक सामना गरेका सबै देशका लागि यहा“ सिक्नुपर्ने पाठ छन्। भारतको काश्मीरमा एकजना आत्मघाती हमलाकारीले गरेको पुलवाना हमलालगत्तै भएको हुनाले पनि न्युजिल्यान्ड घटनास“ग यसको तुलना हुनु स्वाभाविक हो। भारतले आफ्ना मारिएको सेनाप्रति शोक गर्यो। त्यसो गर्नु स्वाभाविक हो। तर भारतमा शोकभावस“गै बदलाभावका चिच्याहट पनि चर्कै सुनियो। पाकिस्तानलाई तुरुन्तै पाठ सिकाउनुपर्ने आवाज उठे।
सबभन्दा अशोभनीय काम भनेको भारतभरि काश्मीरका विद्यार्थीमाथि हमलाका घटना भए। न्युजिल्यान्डमा जस्तै संकटको समयमा सारा भारत एक हुनुको साटो भारतीयहरू घुसपैठियाको इशारामा नाच्न थाले। काश्मीरीमाथि रिस फेर्ने भन्दै भारतभरि विभिन्न ठाउ“मा पढिरहेका र काम गरिरहेका मानिसमाथि हमलाका घटना भए। त्यस्तो घटना सबभन्दा पहिले जम्मुमा भयो। त्यहा“ कट्टरपन्थी हिन्दुवादी समर्थकले काश्मीरी मुसलमानमाथि हमला गरे। यसले भारतीय समाज कति विवेकहीन र मूर्ख छ भन्ने कुरा प्रष्ट देखायो। यस्ता हमलाको विरोधमा कहीँंकतैमात्र विरोधका आवाज सुनियो। आतंकवादी गतिविधिसित काश्मीरी विद्यार्थीको के लिनु÷दिनु रु यो प्रश्न कसैले पनि सोधेनन्।
अमबाला, जयपुर र देहरादुनलगायत भारतका विभिन्न क्षेत्रमा काश्मीरी विद्यार्थीमाथि कुटपिट र आक्रमणका घटना भएको समाचार प्रकाशमा आए। देहरादुनको एउटा शिक्षण संस्थाका सञ्चालकमाथि विद्यार्थी युनियनले काश्मीरी विद्यार्थीहरू देश विरोधी गतिविधिमा संलग्न भए÷नभएको परीक्षण गर्न दिनुपर्ने भन्दै आक्रमणमा उत्रेका थिए। अर्को एउटा शैक्षिक संस्थाका प्रधानाध्यापकले कोही पनि काश्मीरी विद्यार्थीलाई आफ्नो संस्थामा भर्ना नगर्ने वचन दिनुपरेको थियो।
भारत काश्मीर आफ्नो देशको अखण्ड भूभाग भएको दोहोर्याइरहन्छ। तर त्यहा“का जनतामाथि गर्ने व्यवहार हेर्दा भारतले कहिल्यै पनि काश्मीर उपत्यकाबाट आएका काश्मीरी मुसलमानहरूलाई आफ्नो नमानेको देखिन्छ। के हामी काश्मीरको भूमिमाथि मात्र दाबी गर्छौं रु त्यो उपत्यका जोगाउन हामी रगत बगाउन तयार छाँं। तर त्यहा“का जनताबारे चासो र चिन्ता लिनुपर्दैन ?
भारतमा अतिराष्ट्रवादी भावनालाई सरकार स्वंयले प्रबद्र्धन गरिरहेको छ। दक्षिणपन्थी समूह र सङ्घ परिवारका सदस्यहरू देशभक्तिको नाममा कानुन आफ्नो हातमा बोकेर हिंँडिरहेका छन्। सरकारले पुलवाना घटनापछि देशभरिका काश्मीरी जनतामाथि खतरा हुन सक्ने दूरदर्शिता देखाउनुपथ्र्यो। तर विगतमा जस्तै सरकारले यसतर्फ ध्यान दिएन। भारतमा सन् २०१४ मा हिन्दुवादी शक्ति सत्तासीन भएयता सबै धार्मिक समुदायस“ग मिलेर बस्ने पुरानो परम्पराको ठाउ“ मुसलमान विरोधी भावना लियो। भिजिलान्तेहरूले भीडमा मान्छे मार्ने घटनाको सङ्ख्या बढ्न थाल्यो। अरु मानिस पनि देखे÷नदेखेजस्तै बस्न थाले। दोषीलाई केही सजाय दिइएन। त्यसकारण यस्ता घटनाले निरन्तरता पाए। १६ वर्षका जुनाएड खा“को रेलमा कुटीकुटी हत्या भयो। तर उसलाई जोगाउन कोही अघि सरेन। उसको एउटै दोष भनेको ऊ मुसलमान थियो।
न्युजिल्यान्डमा प्रधानमन्त्री स्वंयले उदाहरणीय भूमिका खेलिन्। उनले कुनै पनि वियोगान्त घटनाले पनि मानिसलाई एक ठाउ“मा ल्याउन सक्ने रहेछ भनी देखाएकी छिन्। उनले यही सन्देश संसारभर सञ्चार गरेकी छिन्। जासिन्दा अर्देन यसकारण आदरको पात्र बनेकी छिन्। (सीमा गुहा विदेश नीतिका वरिष्ठ पत्रकार हुन्।)
स्रोतः न्युजक्लिक/नेपाली अनुवादः नीरज लवजू
प्रकाशित: ११ चैत्र २०७५ ०५:२८ सोमबार