६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइलकमा ठक्कर दिँएपछि टिपरमाथि आगजनीको प्रयास, एक दम्पत्ति घाइते

बनेपा– काभ्रेमा मोटरसाइलकमा ठक्कर दिएर दम्पत्तिलाई घाइते बनाएपछि टिपरमा आगजनीको प्रयास भएको छ। यद्यपी आगोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बनेपा–१३, अरनिको राजमार्गको भैंसेपाटी चोकमा साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ७०९१ नम्बरको टिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई शनिबार अपराह्न ४ बजे ठक्कर दिँदा एक त्यसमा सवार एक दम्पत्ति घाइते भएका छन।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार ठक्करबाट घाइते हुनेहरुमा सूर्यविनायक नपा ९ का ५० वर्षीय पुष्पराज हुमागाईं र उनकी पत्नी ४० वर्षीया लक्ष्मी हुमागाईं रहेकी छिन्।

दुबै जनाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा बनेपाको शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा प्रारम्भिक उपचारपछि सिभिल अस्पताल काठमाडौं रिफर गरिएको अस्पतालको भनाई छ। मोटरसाइकलमा पछाडि सवार लक्ष्मीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनालागत्तै आक्रोशित भीडले टिपरलाई आगो लगाउने क्रममा मोटरसाइकल पूर्ण रुपमा जलेको छ। टिपरले ठक्कर दिएकै अवस्थामा अगाडिको पाँग्रामुनि नै आगो झोस्ने क्रममा मोटरसाइललाई आगोले टिपेको प्रहरीको भनाई छ।

साँगाचोकगढी न.पा.–९ का २७ वर्षिय टिपर चालक राजु माझी समेत घटनामा समान्य घाइते भएकाले शीर अस्पतालमै उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २३ असार २०७५ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App