१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वडाध्यक्षको निर्देशनमा खुकुरी प्रहार, चार घाइते

रौतहट– सडक विस्तारको विषयमा रौतहटमा विवाद हुँदा ४ जना घाइते भएका छन्। सडक ढलान हुँदा जमिनको विषयले विवाद लिँदा झडप भएको बताइएको छ। रौतहटको बौधी माई नगरपालिका वडा नम्बर ७ मा नक्सामा रहेको बाटो छाडी निजी जग्गाबाट बलजफ्ती बाटो निकाल्ने विषयमा विवादमा हुँदा वडाध्यक्षको निर्देशनमा भएको झडपमा खुकुरी प्रहार गर्दा ४ जना घाइते भएका छन्। 

बौधीमाई नगरपालिका वडा नम्बर ७ बंकुल गाउँमा शनिवार राति करिब ८ बजेको समयमा जयगोविन्द कुश्वाहाको निजी जग्गा भएर बाटो निकाल्न बिषयमा विवाद भएको थियो। विगत कैयौं महिनादेखि जग्गाको विषयमा विवाद चल्दै आएको पनि राति बलजफ्ती पक्की बाटो बनाउन ग्राभेल झार्ने विषयमा विवाद भएको थियो। वडाध्यक्ष विजय कुश्वाहालाई भोट नदिएको निहुँमा सडकलाई एकातिर पन्छाएर निजी जमिन भएर बलजफ्ती वडाध्यक्षले बाटो ढलान गर्ने प्रयास गरेपछि विवाद चर्केको हो।

वडाध्यक्ष कुशवाहाले आफ्ना ८ जना मानिससहित खुकुरी र लाठीबाट साँघातिक रुपमा हमला गर्दा चार जना घाइते भएको छन्। घाइतेमध्ये दुई जना राजकुमार प्रसाद कुश्वाहा र शिवगोविन्द प्रसाद कुश्वाहाको अवस्था चिन्ताजनक छ। दुवै जनाको उपचार जिल्ला अस्पताल गौरमा हुन नसकेर थप उपचारको लागि भरतपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला अस्पताल गौरका आकस्मिक कक्षाका प्रमुख रवीन्द्र झाले राजकुमार कुशवाहाको टाउकोमा चार स्थानमा र शिवको एक स्थानमा गहिरो घाउ लागेको बताउँदै लगातार रुपमा वान्ता भइरहेपछि थप उपचारका लागि भरतपुर पठाइएको बताए। उनका अनुसार सामान्य चोट लागेका जयगोविन्द प्रसाद कुश्वाहा र राधेश्याम प्रसाद कुश्वाहा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

रौतहटका प्रमुख एसपी रबीन्द्र केसीले पीडित पक्षबाट अहिलेसम्म कुनै उजुरी नआएपनि प्रहरीले अनुसन्धान अघि बढाइसकेको बताए।

प्रकाशित: १० असार २०७५ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App