१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किर्ते कागज पेश गरेर नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ

खोटाङ– खोटाङमा झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ परेका छन्। प्रशासनको रेकर्डमा उल्लेख नै नभएको नागरिकताको झुठो विवरण पेशगरी नागरिकताको प्रतिलिपी लिन खोजेको पाइएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षिय उमेश क्षेत्री पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपी लिन खोजेको पाइएपछि क्षेत्रीलाई पक्राउ गरिएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए।

प्रशासनको रेकर्डमै नभएको नागरिकताको प्रतिलिपी पेश गरेर सक्कली प्रतिलिपी लिन खोजेको आधारमा क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको छ । किर्ते कागजातका आधारमा नागरिकता लिन खोज्ने र किर्ते नागरिकता लिन प्रोत्साहित गर्ने पक्षको विषयमा अनुसन्धान भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। २०६३ सालमा बनेको उल्लेख क्षत्रीको नागरिकता नम्बर ९१९६ उल्लेख छ । साविकको ज्यामिरे गाविस–९ ठेगाना भएका क्षेत्रीको नागरिकताको फोटोकपीमा उनको जन्म मिती २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख छ । तर, सो नम्बरमा अर्कै व्यक्तीको नागरिकता रहेको प्रशासनले जनाएको छ । ‘क्षत्रीको नागरिकताको कुनै रेकर्ड प्रशासनमा उल्लेख छैन, प्रजिअको हस्ताक्षर पनि छैन,’ निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘किर्ते नागरिकताको विवरण पेश गरेर अरुको नागरिकता नम्बरको नागरिकता लिन खोजेको देखिएकाले पक्राउ गरिएको हो।’

शसस्त्र द्धन्द्धको समयमा २०६२ सालमा प्रशासनको सम्पूर्ण रेकर्ड जलेकाले सोही आधारमा क्षत्रीले छल गरेर नागरिकताको प्रतिलिपी लिन खोजेको अनुमान गरिएको छ।

प्रकाशित: १० असार २०७५ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App