१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकलाई छोराछोरीको १० प्रतिशत कमाई : मन्त्री थापा

म्याग्दी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको स्याहारसुसार, हेरचाह र औषधि उपचारमा कुनैपनि समस्या हुन नदिने बताएकी छन्। शारीरिक मानसिकरुपले कमजोर हुँदै जानेक्रममा परिवारबाटै हेरिने नकारात्मक दृष्टिकोणले जेष्ठ नागरिकले जोखिमपूर्ण जीवन ब्यतित गर्न बाध्य भएको अवस्थालाई मध्यनजर गरी ज्येष्ठ नागरिक ऐन संशोधन गर्न लागिएको मन्त्री थापाको भनाई छ।

‘विगतमा  भोगेका समस्याहरु अव भोग्नुपदैन्,‘सरकारले सुविधैसुविधा दिने गरी ऐन संशोधन गर्न लागेको छ’मन्त्री थापाले भनिन्। शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेनी नगरपालिका–९ गलेश्वरमा आयोजित ज्येष्ठ नागरिक सम्बन्धि कार्यक्रमको प्रदेशस्तरीय समिक्षा तथा अनुशिक्षण कार्यक्रमको उद्घाटन गदैं मन्त्री थापाले पारिवासरक मायाममताबाट टाढा रहेर बाँच्नु परेका ज्येष्ठ नागरिकका छोराछोरीको आफ्नो पारिश्रमिकबाट कम्तीमा पनि बाबुआमाको खातामा १० प्रतिशत रकम बचत गरिदिनुपर्ने व्यवस्था गरिने बताइन्। उनले ऐनलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले कडाईका साथ कार्यान्वयन गर्ने बताईन्।

‘छोराछोरीको कमाई सिधै बैंकमा जाने गरी ऐन संशोधन हुदैछ,‘जन्मदिने आमाबुबालाई सम्मान गर्नु नै राष्ट्रलाई सम्मान गरेजस्तै हो’मन्त्री थापाले भनिन् ।बाबुआमाको विशेष हेरचार र रेखदेखमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउँदै परिवर्तित सन्दर्भमा अब देशका हरेक वडाबाट ज्येष्ठनागरिकको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको उचित व्यवस्थापनमा लाग्नुपर्ने मन्त्री थापाको भनाई छ। ज्येष्ठनागरिकको उत्थान गर्न स्थानीय तहले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति सबैले माया र सद्भाव देखाउनुपर्नेमा समेत जोड दिईन्।

ज्येष्ठ नागरिकहरुको अधिकारका लागि सरकार संवेदनशील रहेको बताउँदै ज्येष्ठ नागरिक समाजका बोझ नभई अमूल्य सम्पत्ती भएको बताईन् । मन्त्री थापाले समाजको संवेदनशील अङ्गका रुपमा रहेका ज्येष्ठ नागरिकहरुको सम्मानमा आवश्यक कार्यक्रम सञ्चालनका लागि विज्ञहरुसँग छलफल थालिएको बताउँदै ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन गर्न लागिएको जानकारी दिईन्। उनले ज्येष्ठनागरिकलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता आगामी पाँच वर्षभित्रमा पाँचहजार पुर्‍याइने बताईन्। तत्कालका लागि ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको बताउँदै समाजमा ज्येष्ठनागरिकलाई सम्मान हुने कार्यक्रमलाई समेत प्राथमिकता दिने बताईन्।

देशका हरेक अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्न छुट्टै कक्ष स्थापना गरिने भन्दै ज्येष्ठनागरिकको हक अधिकारका लागि बजेट, नीति तथा कार्यक्रममार्फत विशेष सम्बोधन गरिएको बताईन्। वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकमका परेको समस्यालाई मध्यनजर गदैं सरकारले आवश्यकता अनुसारको सुविधालाई समेत सार्वजनिक गर्ने मन्त्री थापाको भनाई छ । प्रदेशस्तरीय समिक्षा तथा अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न हुने छ ।  नेपालमा कुल जनसंख्याको करिव ८.१३ प्रतिशत ज्येष्ठ नागरिक  छन् । घरमा छोराछोरी भएपनि म्याग्दीको गलेश्वर सहित देशभरका धेरै बृद्धआश्रममा आमाबुबाले कष्टकर जीवन बिताइरहनुपरेको छ।

 

प्रकाशित: ८ असार २०७५ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App