१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फेसन नोभामा ‘लभ्ली’ पहिरन

काठमाडौं – फेसन डिजाइनलाई प्रवद्र्धन तथा व्यावसायिक रूपमा विकास गर्नका लागि ‘फेसन नोभा २०१८’को सातौं संस्करण हालै राजधानीमा आयोजना गरिएको छ। द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले आयोजना गरेको कार्यक्रममा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्मादा स्याङतान तथा सजिना बिष्टले तयार पारेका पहिरन प्रदर्शन गरिएको थियो।

डिजाइनरले ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा पहिरन देखाएका थिए।

फेसन सोमा मोडल रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले सात थिममा बिरालो चाल चालेका थिए। सोमा पहिलो मिस नेपाल रुवी राणा शाह सो टपर थिइन्।

जेनिफर बज्राचार्यको संयोजन तथा मोडल–कोरियोग्राफर विपना थापाको कोरियोग्राफी रहेको प्रतियोगितामा हाँस्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका सिर्जना गुरुङ, गायक ध्रुव विश्कोले गीत–संगीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेक श्रेष्ठले नृत्य देखाए।

प्रकाशित: २९ जेष्ठ २०७५ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App