१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ (बलुवा टोल) मा विहीबार दिउँसो एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेका छन्। सोही ठाउँका परमेश्वर यादव(३५)ले पत्नी सुनिता देवी यादव(३२)लाई घाँटिको पछाडि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले जानकारी दिए।

पतीको खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको डिएसपी भेटवालले बताए। हत्यालगत्तै परमेश्वर फरार भएका छन्। उनको खोजी भैरहेको भेटवालले बताए। घरायसी बिवादमा परमेश्वरले खुकुरी प्रहार गरी पत्नी सुनिताको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भेटवालले भने, ‘थप अनुसन्धान भैरहेको छ, हत्या अभियुक्त पक्राउ परेपछि हत्याको थप तथ्य खुल्छ। घटनास्थल नेपाल भारत सीमाबाट एक किलोमिटर उत्तरमा पर्छ।’

प्रकाशित: २४ जेष्ठ २०७५ १६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App