"

राम्रो : प्रजातन्त्र कि गणतन्त्र ?

शुक्रबार, ०५ माघ २०७४, ०९ : २७ युवराज गौतम


अल्पमत र बहुमतको विद्वेषमा आधारित जातीय हिंसाले अफ्रिकी देशहरू बद्नाम छन् । तर गणतन्त्र नभएको अफ्रिकी राष्ट्र स्वाजिल्याड शान्त छ । इस्लाम र इसाई, अरब र इसाई, अरब र अफ्रिकी तथा अफ्रिकाका पुराना जाति (आदिवासी) तुत्सी र हुतुबीच भएका गृहयुद्धले सो क्षेत्रका कैयन् राष्ट्रको एकता तथा सार्वभौमसत्ता आज पनि खतरामा परेको छ । टर्क (तुर्क) र मुसलमानबीचको युद्धले साइप्रसलाई तहसनहस तुल्याए जस्तै अंग्रेज शासकले बंगाल विभाजन गर्दा ठूलो हिंसा भयो । सिया र सुन्नी मुसलमानको लडाइँले कैयन् देशमा लाखाँै मुसलमान मरे । दश वर्षसम्म चलेको इरान–इराक युद्धमा त्यही देखियो । भारत–पाकिस्तानको भागबण्डा होस् वा युगोस्लाभिया टुक्राटुक्रा हुँदाको पीडा, दक्षिण अफ्रिकामा तीस वर्षभन्दा धेरै चलेको श्वेत–अश्वेतबीचको द्वन्द्व होस् वा श्रीलंकामा भएको लामो गृहयुद्ध, ती सबै घटना शान्त राष्ट्रका लागि अध्ययनको विषय र त्यस्तो रोगबाट बच्ने पाठ हुन सक्छ ।

नेपालमा लागू गर्न खोजिएको गणतन्त्रात्मक राजनीतिक प्रणालीको स्वरूप, संरचना, साध्य र संस्कृतिबारे धेरैजसो राजनीतज्ञ र उच्च पदस्थ कर्मचारी आज पनि अनभिज्ञ छन् । यस पंक्तिकारका एकजना मित्र जो मन्त्रालयको सचिव भएकाले गुनासो गरे, “आँखा नदेख्ने मान्छेले हात्ती छामेर त्यसको पुच्छर डोरी जस्तो, सुँड केराको थाम जस्तो, कान नाङ्लो जस्तो र खुट्टा खाँबो जस्तो, शरीर भित्तो जस्तो हुन्छ भनेझैँ सबैले संघीयताको आ–आफ्नै व्याख्या गर्छन् । सरकारले सिंहदरबारमै सप्ताह लगाएर हामी सचिवहरूलाई पनि संघीयता पढाइदिए हुन्थ्यो ।”

गणतन्त्र र प्रजातन्त्र एउटै हो भनेर नेपाली जनतालाई ढाँट्ने, झुक्याउने र अल्मल्याइरहनेहरू आज आफैँ विचलित देखिएका छन् । जनदबाब, बौद्धिक समुदायको तर्क, सर्वसाधारणमा राष्ट्रियताप्रति देखिएको अदम्य उत्साह, राष्ट्रिय एकताप्रतिको जनताको समर्पण तथा राष्ट्र निर्माताप्रति जनताको अगाध आस्था देखेपछि बाध्य भएर सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्मान गर्ने सद्बुद्धि देखायो ।

“गणतन्त्र बहुमतको शासन हो भने प्रजातन्त्र विधिको शासन हो” ‘रबर्टस् रुल्स अफ अर्डर’ ग्रन्थमा जनरल हेनरी एम रबर्टले व्याख्या गरेका छन् । उनी ‘पार्लियामेन्टरी प्रोसिड्योर’ पुस्तकका लेखक र अमेरिकाका सेवानिवृत्त सैनिक अधिकृत हुन् । शुद्ध, तटस्थ र निष्पक्ष भएमा बहुमतको शासन सधैँ खराब हुँदैन तर प्रजातन्त्रमा जस्तो गणतन्त्रमा न्याय, आत्मसम्मान, निष्पक्षता र सुशासनको अपेक्षा गर्नु अपरिपक्व हुनेछ भन्ने विद्वान्हरूको तर्क छ । भ्रष्ट, अभिमानी र अविवेकीहरूका हातमा गणतन्त्रात्मक शासन आयो भने त्यो कालान्तरमा बहुमतको निरंकुशता (टाइरेनी अफ मल्टिच्युट) बन्न पुग्छ। 

क्याम्ब्रिज विश्वविद्यालयले स्वीकार गरेको छ, “बहुमतको शासन अल्पसंख्यकहरूका लागि खतरा हुन्छ ।” अल्पसंख्यकले आपूmलाई असुरक्षित ठान्ने प्रणाली गणतन्त्र हो । तर प्रजातन्त्रले अल्पमत र बहुमतको भेद गर्दैन । संसद्मा सरकार बनाउन मात्र बहुमत चाहिन्छ, शासन प्रणाली ‘विधिको शासन’ भन्ने प्रबल मान्यताले अनुप्राणित हुन्छ । उदाहरणका लागि स्वीडेनका जनताले जति स्वतन्त्रता, न्याय, अवसर र आत्मसम्मान पाएका छन्, त्यो भन्दा धेरै तल अमेरिका उभिएको छ भनेर अन्वेषक, विश्लेषक र प्रजातन्त्रका मापदण्डहरूका आधारमा तथ्य, तथ्यांक प्रकाशित भएका छन् । अमेरिकामा गणतन्त्र छ, स्वीडेनमा गणतन्त्र छैन तर स्वतन्त्रता र प्रजातन्त्र पर्याप्त छ। 

विधिको शासन, निश्चित अवधिमा चुनाव, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र रहने व्यवस्था, जनउत्तरदायी शासन, अभिव्यक्ति स्वतन्त्रता, कर्तव्य र अधिकारबीच सन्तुलन, स्वतन्त्र र दायित्वबोध गर्ने प्रेस, धर्म–संस्कृति र परम्पराको सम्मान सबै हुन्छ प्रजातन्त्रमा । त्यसैले अन्तर्राष्ट्रिय संघसंस्थाहरूले प्रजातन्त्रको आधारभूत मान्यता र मापदण्ड मानेका छन् । हब्स, लक, रुसो र जर्मी बेन्थमहरूको तर्क पनि त्यस्तै छ । गणतन्त्रले भौतिक उन्नतिलाई मात्र समृद्धि मान्छ । त्यहाँ इतिहास, संस्कृति, विभिन्न जातजातिका रीतिरिवाज एवं जनताको भावनासँग गाँसिएका अन्य पक्षको अवमूल्यन हुन्छ । उदाहरणका लागि अमेरिकी गणतन्त्रवादीहरूमध्ये धेरैजसो कट्टु लगाएर ससुराली जान पनि लजाउँदैनन् । ब्रिटेन र जापान जस्ता परम्परावादी राष्ट्रका जनता धर्म, शिष्टाचार, नैतिकता र चरित्रप्रति सचेत छन् । पोसाक, खानपिन, रहनसहन, आचरण सबै कुरामा संवेदनशील छन्।

ग्रीक शब्द ‘डेमो’ (जनता) बाट जनताको शासन ‘डेमोक्रेसी’ प्रचलनमा आएको हो । गणतन्त्रमा राजतन्त्र अटाउँदैन । प्रजातन्त्रमा सबै अटाउँछन् । त्यसैले त्यो गणतन्त्रभन्दा बढी समावेशी हुन्छ । राजतन्त्रको समर्थन गर्ने विद्वान्–विदूषी, लेखक, प्राध्यापक, चिन्तक, उद्योगपति, अर्बपति सबै प्रजातन्त्रमा अटाउँछन् । दरिद्र किसान–मजदुरदेखि राजा वा महारानी सबैको राष्ट्र निर्माणमा योगदान रहन्छ । गणतन्त्रमा त्यो सम्भव हुँदैन । प्रजातन्त्रले समता, समानता, स्थायित्व, समान अवसर र समृद्धिको परिकल्पना गर्छ । गणतन्त्रमा सभ्य, संस्कारी र सुसंस्कृत मानिसभन्दा धनी र शक्तिशालीलाई महत्व दिइन्छ ।

अमेरिका ब्रिटेनबाट स्वाधीन भएपछि संघीयता समर्थक पहिलो दल खुल्यो, फेडरलिस्ट पार्टी । नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिको समय (सन् १८१६) सम्म त्यो जीवित रहेको पाइन्छ । त्यसका नेता थिए, अलेक्जान्डर हेमिल्टन । थोमस जेफर्सनले प्रजातन्त्रको अपमान गर्नु हुँदैन भन्दै गतिलो दल खोलेपछि संघीयतावादी पार्टी स्वतः हरायो । राष्ट्रपति जर्ज वासिङ्टनले राजनीतिमा ल्याएका अलेक्जान्डर हेमिल्टन वकील थिए । तर जेफर्सनले प्रजातन्त्र बिर्सेर संघीयताको मात्र कुरा गर्नु घातक हुन्छ भन्ने तर्क दिएपछि जनता जेफर्सनका पक्षमा लागे ।

प्रजातन्त्रको अभ्यास गरिहेका राजतन्त्रात्मक राष्ट्रहरूलाई संयुक्त  राष्ट्रसंघले उच्च मूल्यांकन गरेको पाइन्छ । नर्वे, स्वीडेन, जापान, बेल्जियम, थाइल्यान्ड, ओमान, कतार, युएई, साउदी अरेबिया, बहराइन, भुटान, मलेसिया, स्वाजिल्यान्ड (अफ्रिका), स्पेन, हल्याड (नेदरल्यान्ड), मोरक्को (अफ्रिका) जोर्डन, डेनमार्क, ब्रुनाई, कम्बोडिया, मोनाको, लिचेन्स्टाइन र लेसोथो (अफ्रिका) जस्ता गणतन्त्रविहीन राष्ट्रमध्ये अधिक राष्ट्र सुखी, समृद्ध र खुसी छन् । स्थायित्व छ त्यहाँ । त्यो प्रजातन्त्र हो कि होइन ?

राजतन्त्रात्मक शासनमा भन्दा सुख हुन्छ भनेर गणतन्त्रमा प्रवेश गरेका कैयन् अफ्रिकी राष्ट्र इथियोपिया, लिबिया, नाइजेरिया, रुआन्डा, बुरुन्डी, सियरालिओन, युगान्डा मात्र होइन, एसियाका अफगास्तिान, इरान, इराक, लाओस्, सिरिया, भियतनाम र यमनजस्ता राष्ट्रमा गृहयुद्ध, अस्थिरता, दरिद्रता, विभाजन र विग्रह बढ्दै गयो । ती राष्ट्रहरूमध्ये धेरैजसो आज पनि अशान्त र अन्यौलग्रस्त छन् ।

विश्व शान्ति सूचक (ग्लोबल पिस इन्डेक्स) अनुसार १६३ राष्ट्रको अध्ययनमा ६८ राष्ट्र अशान्त छन् । शान्ति, स्थायित्व र प्रगतिका दृष्टिले गणतन्त्रात्मक राष्ट्रहरू अफगानिस्तान, इराक, दक्षिण सुडान, सिरिया, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक र यमन जस्ता राष्ट्र अत्यन्त अशान्त मानिएका छन् । शान्त र सुखी पंक्तिमा धेरैजसो प्रजातन्त्रवादी राजतन्त्र भएका राष्ट्र छन् ।

वल्र्ड इकोनोमिक फोरमलाई उद्धृत गर्दै २०१६ नोभेम्बर १७ मा इन्स्टिच्युट फर इकोनोमिक एन्ड पिस नामक संस्थाका निर्देशक क्यामिला सिप्पाको भनाइ छापिएको छ, ‘नाइजेरियादेखि फ्रान्ससम्मका राष्ट्र आतंकवादका शिकार भएका छन् । सामाजिक–आर्थिक असमानता बढेका कारण ‘गणतन्त्र’ भएका राष्ट्र बढी असुक्षित बन्दै गएका छन् ।’ 

कतिपय गणतन्त्रवादी राष्ट्र धनी छन् तर अशान्ति बढ्दो छ । सन् २०१५ मा मात्र गणतन्त्रात्मक राष्ट्रमा ८९ अर्ब ६० करोड डलरको क्षति गराउँदै आतंकवादले आफ्नो असली रूप देखायो । नेपालमा पाँच हजार वर्ष लामो इतिहासमा १९२ जना राजाले शासन गर्दा पाँच हजार मानिस पनि मारिएनन् । तर गणतन्त्रका नायकहरूले झन्डै सत्र–अठार हजार मानिसको रगत बग्ने स्थिति सिर्जना गरे । जताततै विध्वंश मच्चाएर अर्बौं रुपियाँको क्षति गरे । हजारौँ नारीलाई विधवा बनाए । हजारौँ केटाकेटी टुहुरा भए । ‘प्रजातन्त्र’ लेखिएको २०४७ सालको संविधान उनीहरूकै दबाबमा अवैध घोषित भयो । त्यसपछि ‘गणतन्त्र’ लेखिएको संविधान ल्याइयो । बितेका दश वर्षमा गणतन्त्रको प्रसूतिगृहमा दशजना प्रधानमन्त्री पैदा भए तर राष्ट्र अझै अन्यौलमा छ । 

राजनीतिक अस्थिरता, शरणार्थी समस्या, अशान्ति, जातीय हिंसा, रोग, गरीबी, बेरोजगारीलगायतका जटिलताले सन् २०१७ सम्ममा आइपुग्दा दक्षिण सुडान असफल राष्ट्रको पंक्तिमा सबैभन्दा अगाडि छ । त्यसपछि सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, यमन, सुडान, सिरिया, कंगो र चाड अस्थिर र असुरक्षित राष्ट्रको पंक्तिमा पर्छन् । त्यस्तै, अफगानिस्तान, इराक, नाइजेरिया, जिम्बाबे, इथियोपिया, बुरुन्डी, पाकिस्तान, इरिट्रिया, नाइजर, आइभरी कोस्ट, केन्या, लिबिया, युगान्डा, अंगोला, रुआन्डा, सियरालिओन र मोजाम्बिक जस्ता राष्ट्रमा कहाँ छैन गणतन्त्र ? तर ती राष्ट्रमा शान्ति, सुख, स्थिरता र समृद्धि छैन । नेपाली जनताले गणतन्त्र चाहेको कि असफल राष्ट्रहरू हिँडिरहेको बाटो ? यसबारे गम्भीर भएर सोच्नैपर्छ । 

‘प्रजातन्त्र’ त्यागेर गणतन्त्रको अनिश्चित बाटोतर्फ लाग्नुअघि चौतारामा बसेर एक घन्टा पनि छलफल गरेनन् नेताहरूले । जनता पनि ‘महाजनो येन गतः स पन्था’ (ठूला मान्छेहरू जता जान्छन्, बाटो त्यही हो) भन्दै पछिपछि लागे । परिणामहरू (दुष्परिणाम) आज ज्वालामुखी बनेर देखिँदैछन् । विद्रोह, विभाजन, विग्रह र विद्वेषको लाभा छरपस्ट हुँदैछ । विस्तीर्ण बन्दै छ ।

कविर मुसलमान थिए । उनलाई रामानन्दको जातिभेद विरोधी चिन्तन मन प¥यो । मुसलमान धर्म त्यागे उनले । भगवान् कृष्णले असत्यपथमा हिँड्ने आफन्तजनकै वध गर्न अर्जुनलाई प्रेरित गरे । सत्यको बाटो अकन्टक हुँदैन । त्यो कठिन हुन्छ । हजारौँ आरोह–अवरोह आउँछन् जीवनमा । राष्ट्रमा पनि ग्रहण लाग्छ । अहिले ग्रहण लागेको छ नेपालमा । सूर्य निभेको छैन । हिमाल ढलेको छैन । डलर, युरो, भारु आदिले सत्य छोपिएको छ । त्यो सदैव छोपिँदैन । बुद्धले भनेका छन्, “सत्य र सूर्य सधैँ छोपिँदैन ।”

गणतन्त्र र प्रजातन्त्र एउटै हो भनेर नेपाली जनतालाई ढाँट्ने, झुक्याउने र अल्मल्याइरहनेहरू आज आफँै विचलित देखिएका छन् । जनदबाब, बौद्धिक समुदायको तर्क, सर्वसाधारणमा राष्ट्रियताप्रति देखिएको अदम्य उत्साह, राष्ट्रिय एकताप्रतिको जनताको समर्पण तथा राष्ट्र निर्माताप्रति जनताको अगाध आस्था देखेपछि बाध्य भएर सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्मान गर्ने सद्बुद्धि देखायो । विदेशीले दिएको अर्बौं रुपियाँ खर्च गरेर बनाइएको संविधान रद्दीको टोकरीमा फ्याक्नैपर्ने भो, नत्र गृहयुद्धले देश दन्दनी जल्छ भन्ने चेत खुलेपछि एकदिन राजनीतिक दलहरू आफू हिँडेको बाटो गलत रहेछ भन्ने निष्कर्षमा पुग्नेछन् । सरस्वती पूजा नजिक आउँदै छ र कपाल फुलेका बालकहरूलाई अवश्य पनि बिस्तारै ज्ञान आउनेछ । 

नेपाल र नेपालीले धान्नै नसक्ने संघीयता, तस्कर, धनाढ्य र लुटाहाले मात्र चुनावमा करोडौँ रुपियाँ खर्च गर्न सक्ने पद्धति, देश (राष्ट्र) कमजोर बनाएर प्रदेश (प्रान्त)का नाममा आगो सल्काउने षड्यन्त्र र संविधानले नै जातीयतालाई मलजल गर्ने गणतन्त्रले राष्ट्रलाई पतनको मार्गमा धकेलिरहेको देखिन्छ । यसरी सत्य औल्याउँदा त्यस्ता व्यक्तिलाई ‘प्रतिगामी’ भनिन्छ भने पृथकतावादीलाई ‘अग्रगामी’ मान्नैपर्ने हुन्छ । 

प्रजातन्त्रमा गणतन्त्रात्मक विचार नअटाएझैँ गणतन्त्रमा ‘प्रजातन्त्र’ फस्टाउन सक्दैन भन्ने कुरा राजनीतिशास्त्रका विश्वप्रसिद्ध प्राध्यापक र लेखकहरूले उल्लेख गरेका छन् । गाईले मासु खाँदैन । त्यसैले गाई शाकाहारी प्राणी हो । तर गाई खाने मान्छेले गाई शाकाहारी भएकाले गोमांस खानेहरू शाकाहारी हुन् भन्न मिल्दैन । प्राचीन धर्म–संस्कृति मास्ने कुनियतले ल्याइएको धर्मनिरपेक्षता, विदेशीको ढलीमली गराउन ल्याइएको गणतन्त्र, नेपाली–नेपालीलाई विभाजित गर्न ल्याइएको संघीयता शिरमा बोकेर वर्तमान संविधान उत्कृष्ट छ भन्ने राप्रपालाई जनताले धुलो चटाइदिए । सिद्धान्त, नैतिकता, धरातल र आचरण त्यागेपछि हरेक व्यक्ति र शक्तिको पतन हुन्छ । ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने त उखानै छ ।

सुन्दा चसक्क छाती दुखे पनि सत्य यही हो । राष्ट्र र जनतालाई कमजोर बनाएर विदेशीको चिन्तन थोपर्ने कुनै पनि पद्धति सच्चा नेपालीले स्वीकार गर्दैन, गर्नु हुँदैन । २०४६ सालको अन्त्यतिर नेपालमा बहुदलीय व्यवस्थाका पक्षमा आन्दोलन चर्किए पनि पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ टंकप्रसाद आचार्यले समर्थन गरेनन् । आचार्य दलविहीन पञ्चायती व्यवस्थाका घोर विरोधी थिए । धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री (जोशी) तथा गंगालाल श्रेष्ठ लगायतका साथीहरूसँग मिलेर राणा शासनविरुद्ध संघर्ष गरेका योद्धा थिए उनी । आचार्यले तर्क गरे, “नेपालमा कस्तो राजनीतिक प्रणाली चाहिन्छ, हामीले निर्णय गर्ने कुरा हो । विदेशीहरू आएर आदेश–निर्देश गर्नु उचित होइन ।” राष्ट्रिय समाचार समितिको बुलेटिनमा उनको वक्तव्य आएपछि काठमाडौँको बौद्धिक समुदायमा खल्बली मच्चियो । २०४९ साल वैशाखमा आचार्यको देहान्त भयो । उनले आजीवन बहुदलीय प्रजातन्त्रको सम्मान गरे तर प्रजातन्त्रका नाममा विदेशी हस्तक्षेपको समर्थन गरेनन् । कुनै स्वाभिमानी मानिस गरिब नै छ भने पनि मजदुरी गरेर परिवार पाल्छ तर धनाढ्य व्यक्ति बोलाएर पत्नी, छोरी वा बुहारी भोग गरिदेऊ भन्दै पैसा माग्दैन । सच्चा प्रजातन्त्रवादी र गणतन्त्रवादी चिन्तनमा आकाश जमिनको फरक छ । गणतन्त्रले फिजी, सिक्किम वा अंगोला बनाउन सक्छ देश तर प्रजातन्त्रले इतिहासलाई खरानी पार्दैन । राष्ट्रको शिर झुक्न दिदैन । जनतालाई भिखारी बनाउँदैन । 

प्रजातन्त्रमा विश्वास गर्ने अधिकांश राष्ट्र स्थिर, सुखी र शान्त छन् । गणतन्त्र जताततै रोग, भोक र शोकको कारण बनेको छ । चीन र भारतबीचमा आगो सल्काएर दक्षिण एसियामा डढेलो लगाउने गुरुयोजना खम्पा विद्रोहबाटै सुरु भएको थियो । पश्चिमा राष्ट्रको गुप्त योजना राजा वीरेन्द्र र सेनाले असफल बनाइदिए । २०६२÷६३ सालपछि नेपालमा अर्काे खेल सुरु भयो र त्यसमा प्रयोग भए दलका नेता, झण्डाधीश र डण्डाधीशहरू । समयमै सतर्क भएर राष्ट्रको रक्षा नगर्ने हो भने यो गणतन्त्रले एकदिन सबैलाई धुरुधुरु रुवाउनेछ । राष्ट्रलाई पराधीन बनाउनेछ । त्यो बेला मात्र हामीले बुझ्नेछौँ, गणतन्त्र भनेको प्रजातन्त्र होइन रहेछ ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...