"

कोरियाली प्रायद्वीपको तनाव समाधान सम्भव छ : उत्तर कोरिया

शनिबार, २९ पुष २०७४, २१ : ५१ नागरिक


प्योङयाङ – दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ।

उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रबाशित एक लेखमा भनिएको छ, ‘अब उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ।’

सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई बर्षमा पहिलो पटक उच्च स्तरीय वार्ता भएको थियो। वार्तामा प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने बिषयमा केही सहमति भएको थियो। यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दावी छ।

उत्तर कोरियाली नेता किम जोङ–उनले नयाँ बर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गरुेपछि वार्ता हुनसकेको हो।

शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका अर्को हप्ता छलफल हुने बताइएको सोलका एकिकरण मामिला मन्त्रीले बताए।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘महाराज जार काट्न पाइन्छ?’

‘महाराज जार काट्न पाइन्छ?’

तामाङ समुदायमा जंगबहादुर राणासँग जोेडिएको एउटा किवंदन्ती छ। किवंदन्ती अनुसार एक जना तामाङ युवक उनका दरबारमा पुगेर जंगबहादुरलाई सोध्छन् ,...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु...

रिकिस र सरु एसइई आइकन

विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र...