१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जर्मनमन्त्री नेपाली किसानको खेतमा

बनेपा– जर्मनीको वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री बारबरा हेन्ड्रिक्सले जलवायु परिवर्तन अनुकूलन खेतीका लागि नेपाली महिलाले अपनाउँदै आएको पद्धतिको प्रशंसा गरेकी छिन् ।

‘जलवायु अनुकूलन खेतीका लागि स्थानीय ज्ञान, सीप र उपलब्ध सामग्रीको प्रयोगबाट खेती गर्दै काभ्रेका महिलाहरुले नमुना प्रदर्शन गरेका रहेछन् । जलवायु परिवर्तनप्रति उनीहरुको ज्ञान र अनुकूलन हुने सीपबाट म प्रभावित भएँ,’ पात्लेखेत–८, कल्छेबेसीमा सञ्चालित जलवायुमैत्री गाउँ भ्रमणपछि मन्त्री हेन्ड्रिक्सले भनिन् ।
नेपालको चारदिने भ्रमणका क्रममा रहेकी मन्त्री हेन्ड्रिक्स सोमबार बिहान पात्लेखेत, कल्छेबेसीको जलवायुमैत्री गाउँ र खेती प्रणाली अवलोकनका लागि काभ्रे आएकी हुन् ।
मध्यपहाडी भेगको कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको अध्ययनका साथै जलवायु परिवर्तन अनुकूलन खेतीका लागि इसिमोड÷हाइक्यापकोे सहयोगमा सिप्रेडले समूहमार्फत काभ्रे जिल्लाका चार गाविस र एक नगरपालिकामा अनुसन्धानमूलक काम गर्दै आएको छ ।
‘जलवायु परिवर्तनले विश्वव्यापी रुपमा समस्या पार्दै लगेको सन्दर्भमा सबैभन्दा बढी किसान प्रभावित भएका छन् । यसका लागि स्थानीयस्तरमै उपलब्ध सामग्री तथा प्रविधिको प्रयोगबाट अनुकूलन भएर खेती गर्न सकिन्छ,’ हेन्ड्रिक्सले सुझाव दिइन् । अवलोकनका क्रममा मन्त्री हेन्ड्रिक्सले झोल मल उत्पादन प्रक्रिया, गोठेमल सुधार प्रणाली, खेर गएको पानी संकलन, बाली चक्र प्रणालीलगायत अनुकूलनका तरिकाबारे चासो राखेकी थिइन् ।
झोल मलको उपयोगबाट किसानले धेरै फाइदा पाएको जानकारी लिएपछि मन्त्री हेन्ड्रिक्सले प्रतिक्रिया दिइन्, ‘यस्तो कामले रासायनिक मलका निम्ति नेपालबाट बाहिरिने पैसा जोगाउन सकिन्छ । जलवायु अनुकूलन कार्यक्रमलाई सबै ठाउँमा विस्तार गर्न सके पहाडी देश नेपालका किसानले धेरै लाभ लिन सक्ने थिए ।’
नेपाल र संघीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र हालको सहयोगलाई अझ सुदृढ बनाउने उद्देश्यले आफ्नो भ्रमण रहेको उनले बताइन् । ‘नेपालको भू–बनोटका कारण भू–क्षय धेरै हुने गरेको रहेछ । नेपालका वनमन्त्रीसँगको भेटमा माटो संरक्षणका निम्ति सहयोग विस्तार गर्ने छलफल भएको छ । साथै वातावरणतर्फ जलवायु मैत्री कार्यक्रममा सहयोग बढवा हुने वातावरण मन्त्रीसँग कुराकानी भएको छ,’ हेन्ड्रिक्सले भनिन् ।

झोल मलको प्रयोगबाट लहलह भएको तोरीबारीमै पुगेर जानकारी लिँदै जर्मन वातावरण मन्त्री बारबरा हेन्ड्रिक्स ।
तस्बिर ः नागरिक

ड्ड    न्भचmबल ँभमभचब िःष्लष्कतभच ायच भ्लखष्चयलmभलत, ल्बतगचभ ऋयलकभचखबतष्यल, द्यगष्मिष्लन बलम ल्गअभिबच क्बाभतथ ःचक। म्च। द्यबचदबचब ज्भलमचष्अपक
ड्ड    क्ष्ऋक्ष्ःइम्, ज्ष्mबबिथबल ऋष्mिबतभ ऋजबलनभ ब्मबउतबतष्यल एचयनचबmmभ ९ज्क्ष्ऋब्ए०
ड्ड    ऋभलतभच ायच भ्लखष्चयलmभलत बलम ब्नचष्अगतिगचब िएयष्अिथ च्भकभबचअज, भ्हतभलकष्यल बलम म्भखभयिऊभलत ९ऋभ्ब्एच्भ्म्०
ड्ड    च्भकष्ष्भिलत ःयगलतबष्ल ख्ष्ििबनभ ९च्ःख्०

प्रकाशित: २३ चैत्र २०७३ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App