१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सैनिकद्वारा महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट

वासिङगटन डिसी– अमेरिकी  सेनाका एक सैनिकले आफ्ना महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। नग्न तस्बिर पोस्ट गरेलगत्तै त्यसबारे अनुसन्धान सुरु गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। फेसबुकमा पोस्ट गरिएको उक्त नग्न  तस्बिर हजारौंले सेयर गरेको बताइएको छ। उक्त नग्न तस्बिरलाई विन्स नाम दिइएको छ। तस्बिरमा महिलाको नाम संकेत उल्लेख गरेको बताइएको छ ।

अमेरिकी सेनाको नियमविपरीत उक्त तस्बिर पोस्ट भएको  पेन्टागनले जनाएको छ। सेयर गरिएको तस्बिरमा महिलाको नामसमेत उल्लेख गरिएको बताइएको छ। अमेरिकी सैनिक समुह नोसैनाको फेसबुक पेज यस घटनापछि बन्द भएको बताइएको छ। नोसैनाका कमाण्डरले भनेका छन्, ‘यो एक लज्जापद घटना हो । आफ्नै सहकर्मीको बेइज्जत गर्नु एकदमै अप्रिय भएको बताए । जसले यस्तो लज्जास्पद काम ग¥यो ती वास्तविक योद्धा होइनन् ।’

उक्त तस्बिर कहाँ खिचिएको हो भन्ने बारे अनुसन्धान भइरहेको पनि नौसेनाका कमाण्डरले बताएका छन्। उनले भने अमेरिकी रक्षा मन्त्रालयले सैनिक क्षेत्रमा हुने यौन दुव्र्यवहारसम्बन्धी नयाँ कानुन बनाउने भएको छ। केही तस्बिरहरु सहमतिमा नै खिचिएको भए पनि अनुमती बिना नै फेसबुकका सेयर गरिएको पीडित सैनिक महिलाले बताएकी छन्। उनले आफूमाथि यौन हिंसा भएको र न्याय पाउनु पर्ने माग राखेकी छन्। अधिकाशं तस्बिरहरु भने बाथ रुममा गोप्य रुपमा खिचिएको उनको अनुमान रहेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App