१६ वैशाख २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु

दार्चुला- अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का  २५ वर्षिय वशन्ती धामी, सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त र अपी नगरपालिका १७ की ६१ वर्षीय भागरथी महरा रहेका छन्। गए राती परेको अविरल वर्षाका कारण घर माथि बाट आएको  बाढी र पहिरोमा पुरीएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थल तथा जिल्लाभरी प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले बताए ।  अपी नगरपालीका वडा १७ काकडामा पहिरो पश्चात स्थानीय खोलामा आएको बाढीले मुल सडकको पुल समेत बगाएको छ । स्थानीय प्रेम सिंह महरा र  उनकी  १८ वर्षीय नातिनी दुर्गा महरा  घाइते भएक छन। उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। यसै गरी पहिरोकै कारण भारतसंग सिमानाका जोडीएको जौलजिवी प्रहरी चौकी भवनमा क्षति भई पहिरोको उच्च जोखीममा रहेकाले विस्थापित भएको प्रहरीले जनाएको छ  । प्रहरी चौकी माथि बाट पहिरो आउन सुरु भए पछि उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी तथा वन्दोवस्तीका समान सुरक्षीत स्थानमा सारीएको छ, डिएसपी राठौरले भने, ‘जौलजीबकिो पुरै बस्ती चारै तिरबाट  पहिरोमा थुनिएको छ।’ पहिरोकै कारण महाकाली लोकमार्गको एक दर्जन स्थानमा पहिरो जादा पुर्णरुपमा  अवरुद्ध रहेको छ । उता भारतबाट आयात गरीएको विद्युत लाइन पोल बगाइ तथा ढलेपछि  विद्युत सेवा अवरुद्ध भएको जिल्ला दैविक प्रकोप उद्धार समिति दार्चुलाले जनाएको छ । जिल्ला भरीका एक दर्जन गाविसमा सयौ घर उच्च जोखीममा रहेको ठहर समितिले जनाएको छ । प्रभावित सवै स्थानतर्फ प्रहरी परिचालन गरिएको छ भने उद्धारका लागी सेना तथा सशस्त्र प्रहरी समेत खटिएको  निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए । प्रभावित बस्तीहरुमा  सयौ चौपाया बाढी तथा पहिरोमा फसेका छन।
बाढीले महरको त्यस्तै जिल्लाका डाडाकोट, सर्मोली  खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वर, ग्वानी, शंकरपुर, भगवती, दत्तु, र रानीशिखर  लगायत गाविसका विभिन्न ठाउमा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले दजनौं घरहरु भत्केका र  त्यतिकै संख्यामा उच्च जोखिमका रहेको जिल्ला प्रहरी दार्चुलाले जनाएको छ। विभिन्न ठाउबाट डाटा संकलन गरिरहेको र अहिले प्रारम्भिक तथ्यांक मात्रा प्राप्त भएको डिएसपी राठोरले समितिमा पेश  गरे। जौलजीवीमा  रहेका उमाकान्त जोशी, केशवराज उपाध्याय, दिवानन्द जोशी, पदमबहादुर चन्द, धनपति सिह धामी लगायतका दर्जन बढी घरहरु जोखिम रहेको स्थानीय लोकेन्द्रसिह धामीले बताए। महाकाली लोकमार्ग अन्तर्गत अनपा १७ काकडाको मोटर पुल बाढीले बगाउदा जिल्लाका पहिरो प्रभावित ठाउहरुमा उद्दार गर्न कठिनाई भएको निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुईकेलले बताए । साथै मुख्य लोकमार्गलाई सुचारु गर्न सडक डिभिजन कार्यालय बैतडी र जिल्लास्थित महाकाली नदी नियन्त्रण आयोजना र दार्चुला–तिंकर सडकलाई जिम्मेवारी दिएका छौ,उनले भने, जिल्लाका विभिन्न ठाउमा पहिरो ठूलो क्षति पुर्याएको र पहिरो प्रभावितलाई उद्दार गर्न उक्त क्षेत्रका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिएका छौ । जौलजिवीमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको भारत पट्टीको पिलर भत्किदा एक महिना अघिदेखि पुलमा आवतजावत बन्द गरेको छ । ओल्लो पल्लो गाउ जाने बाटो पहिरो भत्केको हुदा भारत बाहेक अन्य ठाउ जाने बाटो  समेत  नहुदा पुल  खोले ज्यान जोगाउन भारतमा जान सकिने स्थानीयको माग रहेको छ ।
पहिरो कै कारण डाडाकोट गाविस वडा नं ८ लिमेतीमा स्थानीय भुवन पालको घर पुरीएको छ भने नजिकै रहेको सुन शिखर निमावि भवन पहिरोको उच्च जोखीममा रहेको प्रहरीले जनाएको छ। विहानै देखी मोवाईल फोन खासै काम नगर्दा क्षती विवरण आउनु सकेको छैन।  पहिरोकै कारण महाकाली लोकमार्ग समेत अवरुद्ध रहेको छ।

 

प्रकाशित: १७ असार २०७३ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App