६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा ८० वर्षीय खर्गे निर्वाचित

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन्।

उनले प्रतिष्पर्धी शशि थरूरलाई पराजित गरेका हुन्। बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खर्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिष्पर्धी थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

उनको जितसँगै भारतीय काँग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ। तर उनको गान्धी परिवारसँग राम्रो सम्बन्ध छ। यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ। ८० वर्षीय खर्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कांग्रेसको नेतृत्व गर्नेछन्।

प्रकाशित: २ कार्तिक २०७९ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App