१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व आलु सम्मेलन डबलिनमा सुरु

आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ। सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ।

सोमबारबाट सुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ। सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ।

यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेती सम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुने बताइएको छ।

साथै सो सम्मेलनमा धेरै प्रकारका आलुका उत्पादन, खेती र यसका लागि आवश्यक प्रविधिका साथै आलुखेतीको दिगोपनसम्बन्धी प्रदर्शनी पनि राखिएको बताइएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App