१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ हराए

इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाको ज्यान गएको छ। आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् भने सो भत्किएको भवनमा  करिब ३८ जना पुरिएको आशंका गरिएको छ।

त्यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ। इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान सहरमा सो दुर्घटना भएको हो।

गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदाताहरुलाई  दिएको जानकारीअनुसार सो भवन भत्किँदा त्यसमा परेर २९ जनाको ज्यान गएको छ भने अरु ३८ जना हराइरहेका छन्। मृत्यु भएका २९ को शव निकालिएको छ भने तीमध्ये केहीको पहिचान खुल्न पनि बाँकी रहेको पनि उनले जानकारी दिएका छन्।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवनको निर्माण भईरहेको थियो।हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ। तर भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App