१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन्।

उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियाेमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका छन्। 

उनको उक्त भनाइ एउटा सत्ता विद्रोहको आरोप लगाइएको योजनासँग जोडिएका कैयौँ उच्च तहका गिरफ्तारीपछि आएको हो।यसअघि त्यहाँको सेनाले राजकुमार हम्जाह नजरबन्दमा रहेको विषयलाई अस्वीकार गरेको थियो। तर उसले राजकुमारलाई देशको ’सुरक्षा र स्थिरता’लाई असर पार्ने गरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिइएको जनाएको छ।

पछिल्ला घटनाक्रमअघि राजकुमार हम्जाहले आदिवासी समूहहरूका नेताहरूलाई भेटेका थिए जहाँ उनले केही सहयोग सुनिश्चित गरेको बताइएको छ।

प्रकाशित: २३ चैत्र २०७७ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App