१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरिसमा झन्डै ५ सय वर्ष पुरानो भैरवको मुकुट ७० लाखमा बिक्री

फ्रान्सको राजधानी पेरिसमा भैरवको बिशाल र अदभूत मुकुट (मुकुन्डो) बिक्री भएको छ। नेपालमा १५/१७ शताब्दीको बीचमा बनेको अनुमान गरिएको सो मुकुन्डो अनलाइन अक्शनमार्फत ५० हजार युरो अर्थात ७० लाख रुपैयाँमा बिक्री भएको हो। तामामा सुनको जलप लगाइएको र विभिन्न पत्थर जडित सो मुकुन्डो निकै कलात्मक रहेको छ।

भैरवको उग्र स्वरुप रहेको सो मुकुटको शिरमा कलात्मक रुपमा खप्पर र सर्पका आकृति कुदिएको छ। करीब ६२ सेन्टिमिटर अग्लो सो मुकुन्डो पेरिसस्थित एक निजी कम्पनीले सन् २०१७ मा अर्को एक निजी संग्रहालयबाटै लिइएको बताइएको छ।  

अक्सनमार्फत मुकुण्डो खरिद गर्ने ती व्यक्तिको परिचय अज्ञात छ। यसैबीच सोही अनलाइनमार्फत आजै अर्को एक नेपाली मूर्ति पनि २० हजार युरोमा बिक्री भएको छ।  

नेपालका ऐतिहासिक र बहुमूल्य सम्पदा विदेशमा कसरी पुगे भन्ने सवाल मुखारित भैरहेको समय भएको यो अक्शनले पुनः यस विषयमा गम्भीर हुनुपर्ने देखाएको छ।  

अधिकांस मूर्ति तथा मुकुट लगायतका बहुमूल्य सम्पदा चोरी निकासी हुँदै आएका छन्। यद्यपि भैरवको यो मुकुन्डो र मूर्ति कसरी पेरिस ल्याइए भन्ने केही जानकारी गराइएको  छैन।

प्रकाशित: २६ मंसिर २०७७ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App