६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुल विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु (भिडियाे)

घटनास्टलमा तैनाथ सुरक्षाकर्मी। तस्बिर : बिबिसी

अफगानिस्तानको राजधानी काबुलमा रहेको विश्वविद्यालयमा सोमबार आतंककारी प्रवेश गरी अन्धाधुन्द गोली चलाउँदा २२ विद्यार्थीको मृत्यु भएको छ।  

बिबिसीका अनुसार गोली लागेर अन्य २२ जना घाइते भएका छन्।  

काबुल विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटन गर्ने तयारी भइरहेका बेला अचानक तीन जना बन्दुकधारी आएर अन्धाधुन्ध गोली हानेका हुन्।  

त्यसपछि तुरुन्त आइपुगेका सुरक्षाकर्मीले जवाफी फायरिङ गर्दा गोली लागेर तीनै जना आक्रमणकारी मारिएको अफगान गृह मन्त्रालयले जनाएको छ।  

विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटनको तयारी भइरहेका बेला आतंकारीले हमला गरेका थिए।

यसैबीच तालिबान समूहले भने आक्रमण आफूले नगरेको उल्लेख गर्दै घटनाको निन्दा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

गोली चलाइएका बेला विद्यार्थी भागाभाग गरेको फुटेज सामाजिक सञ्जालले सार्वजनिक गरेका छन्। जुन तल हेर्न सकिनेछ। 

प्रकाशित: १८ कार्तिक २०७७ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App