४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लद्दाखमा भारत र चीनका सेनाबिच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

फाइल तीस्बिर

भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ।  सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।  

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। सोमबार राति दुई पक्षबिच ठूलो भिडन्त भएको भारतीय सेनाले जनाएको छ ।समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भइरहेको जनाइएको छ।

प्रकाशित: २ असार २०७७ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App