१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिंगापुरमा लकडाउन छैन तर नियम कडा

सिंगापुर – कोरोना भाइरसका कारण पुरै विश्वको अवस्था त्रसित छ। विश्व स्वास्थ्य संगठन र कोरोना प्रभावित देशका सरकारहरुले मानिसहरुलाई  सामाजिक दुरी कायम राख्न बारम्बार अनुरोध गरिरहेका छन्।

 कोरोना भाइरस नियन्त्रण गर्नका लागि विभिन्न देशले लकडाउन गरेका छन्। जनताहरु घरभित्र बसेर संक्रमणबाट बच्ने प्रयास गरिरहेका छन्। तर सिंगापुरले भने लकडाउन नगरिकन नयाँ नियम लागु गरेको छ।
सिंगापुर सरकारले मानिस–मानिसबीचको दुरी कायम नगर्नेलाई छ महिना जेल तथा सात हजार डलर जरिवाना गर्ने भएको छ।

तत्कालका लागि कारोना भाइरसबाट बच्न घरभित्र बस्नु र अनावश्यक भिडभाडमा नजानु बाहेक मनिसहरुसंग अर्को विकल्प छैन। यो रोगको संक्रमणबाट बच्न सिंगापुरको स्वास्थ्य मन्त्रालयले मानिसहरुबीच दुरी कायम राख्नका लागि नयाँ नियम जारी गरेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सिंगापुरको स्वास्थ्य मन्त्रालयले सार्वजनिक स्थानमा सामाजिक दुरी कायम राख्न अपिल गर्दै नियम उलङ्गन गर्नेलाई कडा कारवाहीका चेतावनी दिएको छ।

नयाँ नियमका अनुसार अब सिंगापुरमा मानिसहरुबीच तीन फिटको दुरी कायम रहनु पर्नेछ। सरकारले सार्वजनिक बस र ट्रेनमा रहेको सिटको दुरी पनि तीन फिट बनाएको छ।
 
सिंगापुर सरकारले बार र नाइट क्लब बन्द गरिसकेको छ। साथै १० जनाभन्दा बढी भेला हुनपनि प्रतिबन्ध लगाएको छ।

दक्षिण कोरीयामा जस्तै सिंगापुरले पनि लकडाउन नगरिकन कोरोना भाइरस नियन्त्रणको प्रयास गरेको छ। सिंगापुर आर्मीले स्कुल–कलेज, रेष्टुरेन्ट र सार्वजनिक स्थानमा एक मिटरको दुरी कायम नराख्नेलाई कडा कारवाही गर्ने बताएको छ। सिंगापुर सरकारले कोरोना भाइरसको टेष्ट बढाएको छ। साथै क्वारेन्टाइनको नियम कडा बनाएको छ।

प्रकाशित: १८ चैत्र २०७६ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App